Hindi Films

उरुग्वे कोपा अमेरिकाबाट बाहिरियो : मैदान छिर्न नपाएकोमा सुवारेजको आक्रोश

Unknown | 21:47 | 0 comments


mathias-corujo-luis-suarez-y-abel-hernandez-uruguay-venezuela-copa-america-centenario-09062016_1n7gz9ucd4lxd1pn8i7i5nj1wzपेन्सिलभेनिया – कोपा अमेरिका सेन्टेनारियोमा लागातार दोस्रो हार बेहोर्दै उपाधि दाबेदार मानिएको उरुग्वे प्रतियोगिताको समूह चरणबाटै बाहिरएको छ । भेनेजुएलासँग १–० ले पराजित भएपछि १५ पटकको विजेता उरुग्वे प्रतियोगिताबाट बाहिरिएको हो ।
स्टार खेलाडी लुइस सुवारेज बिनानै मैदानमा उत्रेको उरुग्वेविरुद्ध सालोमोन रोन्डोनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
दोस्रो हाफमा सुवारेज मैदानमा छिर्न तयार बने पनि खेल्ने टोलीमा उनको नाम सवामेश नभएको पाइएपछि मैदान छिर्न पाएनन् । टोलीमा उनको नाम अतिरिक्त खेलाडीको रुपमा नभएर घाइते खेलाडीको रुपमा राखिएको थियो ।
मैदान छिर्न नपाएपछि सुवारेज र प्रशिक्षकबीच भनाभन भएको थियो भने उनले रिसले भित्तामा समेत हिर्काएका थिए ।
351C2A7600000578-3634369-image-a-42_1465524767986
पहिलो खेलमा मेक्सिकोसँग ३–१ को हार बेहोरेपछि प्रशिक्षक ओस्कर टाबारेजले टोलीमा चार परिर्वतन गरे पनि हार जोगाउन सकेनन् ।
उता, मेक्सिकोले जमाइकालाई २–० ले पराजित गरेपछि भेनेजुएलासँगै मेक्सिको पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मेक्सिकोलाई जित दिलाउन ह्याभिर हर्नान्डेज र ओरिबी पेराल्टाले एक–एक गोल गरे ।

Category: ,

0 comments