Home �
News
� धन कमाउन र स्वस्थ रहने चाहना छ भने यो पढ्नुहोस् ।
Unknown |
19:34 |
0
comments
 |

बिगुल वास्तु, काठमाडौँ । हिन्दूधर्म शास्त्रमा बताइए अनुसार स्वस्थ रहन र पैसा कमाउनका लागि केही तरिका हरु अपनाउन सकिन्छ, जुन बिषयमा आज हामी चर्चा परिचर्चा गर्ने छौँ ।
समाजमा आफ्नो नाम अगाडी आउनका लागि बिभिन्न उपायहरु अपानाउने गर्दछन् । कत्तिले राम्रा कामहरु गर्दछन् भने कतिपय मानिसहरु ग्रैह्रकानुनी काम गर्न पनि पछी पर्दैनन् । जुन भनाई परापुर्वकाल देखी नै प्रचलनका रुपमा आएको छ ।
बिशेष गरी धन कमाउने बिषयलाई त झन चिना टिप्पन हेराउने तथा ग्रहदशा कटाउनु त सामान्य नै भैसकेको छ । तर कतिपय मानिसहरुलाई सामान्य कुरा पनि बिशेष लाग्न सक्छ त्यो त मानिसको आचरण, सोच तथा बिचारमा भर पर्ने कुरा हो ।

स्वास्थ्य र धन बृद्धी गर्ने सोचमा मानिसहरु बिभिन्न बाबाहरुका आश्रममा धाउने तथा बिभिन्न प्रकारका माला, औठी तथा ताबिजहरु लगाउने गर्दछन् । जसमध्ये माणिक्य, १ मुखे रुद्राक्ष, ११ मुखे रुद्राक्ष तथा दाहिने शंख धन बृद्धीका लागि सहायक हुने किम्बदन्तीमा उल्लेख गरेको पाईन्छ ।
कतिपय मानिसहरु पैसा आउने बाटोलाई निरन्तरता दिनका लागि चामल तथा चाँदी दान गर्ने गर्दछन् । त्यस्तै शुक्रबारको दिनमा रातो कपडा ले काँचो नरिवल बाँधेर खोलामा बगाउनाले धन आर्जन हुन्छ भन्ने कुरा किंवदन्तीमा उल्लेख गरेको पाइन्छ । धन आर्जनका लागि नियमित रुपमा कुबेर तथा लक्ष्मीको पुजाआजा पनि गर्ने गरिन्छ ।
Source: Bigul news
फेसबुकबाट तपाईको प्रतिक्रिया / शेयर गर्नुहोस !
 |
Category:
News
0 comments