Hindi Films

मुम्बई विस्फोटका अभियुक्त सलेममाथि जेलमै गोली प्रहार

Unknown | 09:03 | 0 comments

मुम्बई, असार १४ । भारतको मुम्बईमा सन् १९९३ मा भएको बम विस्फोटका अभियुक्त अबु सलेममाथि जेलमै गोली प्रहार भएको छ ।
सलेमलाई थुनिएको मुम्बईको तलोजा सेन्ट्रल जेलमै गोली प्रहार भएको हो । एक गोली लागेर घाईते भएका उनको खतरामुक्त अवस्थामा अस्पतालमा उपचार भईरहेको बीबीसीले जनाएको छ । उनीमाथि तलोजा जेलमै थुनिएका अर्का कैदी देबेन्द्रबाबु राव जगतापले गोली चलाएको प्रहरीले जानकारी दिएको छ । जेलभित्रका कैदीसम्म हतियार कसरी पुग्यो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको जनाइएको छ ।

Category:

0 comments