Hindi Films

अमेरिकामा गैरकानुनी रुपमा बस्ने आप्रवासीहरुका लागि खुसीको खबर

Unknown | 10:45 | 0 comments

अमेरिका । अमेरिकामा गैरकानुनी रुपमा बस्दै आइरहेका एक करोड बाह्र लाखभन्दा बढी आप्रवासीहरुका लागि बिहिवार एक ऐतिहासिक दिन बनेको छ। बृहत अध्यागमन कानुन सुधार सम्बन्धी विधेयकलाई अमेरिकाको माथिल्लो सदन सिनेटले हिजो बहुमतले पारित गरेको छ। अमेरिकी सेनेटले एच वान बी भिजामा भारी बढोत्तरी गर्दै एक करोडभन्दा बढी गैरकानूनी आप्रवासीलाई नागरिकता दिने एक विधेयकलाई सिफारिस गरेको हो ।
देशको आप्रवासन कानूनमा व्यापक फेरबदल गर्ने उक्त विधेयकमा राष्ट्रपति ओबामाले पनि समर्थन गरेका छन् । अब उक्त विधेयक अमेरिकी काँग्रेसको तल्लो सदनमा पठाइने तयारी भैरहेको छ । तल्लो सदनमा पास भए विभिन्न अवैध बाटोबाट अमेरिका पुगेका लाखौं आप्रवासीले नागरिकता पाउनेछन् । गैरकानूनी रुपमा अमेरिका बसेका र लुकी छिपी मेक्सीकोबाट अमेरिका पुगेका करिब १ करोड १० लाख आप्रवासीले बिभिन्न चरणमा बैधानिकता प्राप्त गर्ने छन् । कतिपय भिजाको म्याद नाघेर पनि त्यही बसेकाहरुलाई पनि यस विधेयकले बैधानिकता प्रदान गर्ने छ । यस्तै अमेरिकाले मेक्सिकोको सीमा क्षेत्रमा कडाईसमेत गर्ने भएको छ । ७ सय माईल सीमा क्षेत्रमा करिब २० हजार सीमा प्रहरी थप्ने र मानवरहीत विमानबाट निगरानी बढाउने लगायतका सजकता अपनाउन प्रस्ताव गरिएको बीबीसीले जनाएको छ ।

Category:

0 comments