Hindi Films

आज असार १५ गते धान रोप्ने, दहीचिउरा खानु भयो त ?

Unknown | 07:06 | 0 comments

काठमाडौं, १५ असार । आज असार १५ गते । दही च्युरा खाने दिन । कृषी प्रधान मुलुक नेपालमा आजको दिनलाई पर्वकै रुपमा मनाउने परम्परा छ । आजको दिनवाट औपचारिक रुपमा विशेषगरी धान रोपाईको मेलो अघि सार्ने चलन छ ।
आजको दिनलाई कृषकहरुले विषेश दिनको रुपमा मनाउछन् । खेतीको लागि उपयुक्त मौसम शुरु भएको दिन असार १५ लाई रोपाई शुरु भएको दिनको रुपमा मनाउने गरिन्छ । आजै दही चिउरा खाएर खेतमा रमाइलो गर्ने चलन पनि छ ।रोपाई गरी दहि चिउरा खानाले शरीरमा शक्ति उत्पन्न हुने जनविश्वास रहेको छ । आजको दिन खेतीपाती नहुनेले पनि अरुको खेतमा वा आफ्नै करेसावारीमा रोपाई गरेर हिलो छ्यापाछ्याप गरि रमाईलो गर्ने गर्दछन् ।यसैबीच राष्ट्रिय धान दिवस विविध कार्यक्रम गरी मनाइदैछ । सरकारले २०६१ देखी हरेक वर्षको असार १५ लाई धान दिवसको रुपमा मनाउदै आएको छ । नेपालको कुल खेतीयोग्य जमिनमध्ये आधाभन्दा बढी जमिनमा धानखेती हुने गरेको छ । धान दिवसको अवसरमा देशभरका संघसंस्थाहरुले विशेष रुपमा धान रोपाई कार्यक्रमको आयोजना गर्देछन् ।ललितपुरको खुकृमलटारमा कृषि अनुसन्धान परिषद्ले धान रोपाई कार्यक्रम गर्दैछ । त्यसैगरी हरेक वर्षजस्तो पोखरामा पनि आज असारे रोपाई महोत्सव हुदैछ । यस वर्ष समयमै पानी परेकोले देशका अधिकांश ठाउँमा रोपाई सुरु भैसकेको छ ।

Category:

0 comments