Hindi Films

एकै घरका ४ जना सुन्दरीहरु ब्वाई फ्रेण्ड बनाएर ड्रग्सको मार्केटिंगमा !

Unknown | 08:21 | 0 comments

सिन्धुपाल्चोक घर भई काँडाघारी बस्ने गम्भीरमान श्रेष्ठको परिवार नै लागुपदार्थको ओसारपसारमा संलग्न छ । लागुऔषध नियन्त्रण व्युरोका अनुसार श्रेष्ठ परिवारका चारजना अहिले जेलमा रहेका छन । जेल आउने जाने भइरहन्छ, तर उनीहरुले कारोबार छाडेका छैनन् ।
दुई छोरी उमिर्ला र सीता गत ३० जेठमा नियन्त्रित औषधि बुरपेनफिर्न र डाइजेपामसहित पक्राउ परेका छन ।लागु औषध सेवन गर्दा एक किशोर छोराको ज्यान गएपनि उक्त दम्पतीले पेसा नछोडेको जनाएका छन । उक्त दम्पतीले ६ वटी छोरीलाई पनि कारोबारमा सामेल गराएका छन् । उनीहरुका छोरीहरुले लागुऔषध केहो भन्ने थाहा नपाउँदै ओसारपसारमा लागेका थिए । जान्ने भएपछि कोहीले बिहे गरी गए पनि दुई छोरीले भने बुवाआमाको बिँडो थाम्दै कारोबारलाई निरन्तरता दिएका थिए । दुई छोरीहरु तेस्रो पटक पक्राउ परेका थिए । उनीहरुको बिहेपछि ज्वाईहरुलाई पनि सोही पेसामा सामेल गराएका थिए । उनीहरुसँगै श्रीमान पनि पक्राउ परेपछि दास्रो बिहे गरेका थिए । दोस्रो पटकका श्रीमान पनि पक्राउ परेपछि उनीहरुले ब्वाई फ्रेण्ड बनाउँदै हिँड्न गरेका छन् । उक्त परिवार १२ बर्र्षदेखि निरन्तर लागूऔषध कारोबारमा सक्रिय रहेको छ ।

Category:

0 comments