Hindi Films

बासु र अनामिकाको ‘प्राण भन्दा प्यारो’ (भिडियो)

Unknown | 03:55 | 0 comments

हिन्दी सिनेमा निर्देशन गर्न लागेका निर्देशक कमलकृष्णले निर्देशन गरेको पछिल्लो नेपाली चलचित्र ‘प्राण भन्दा प्यारो’ असोज ४ गतेबाट प्रदर्शनमा आउने भएको छ । नेपाल र मलेसियामा छायांकन गरिएको यो चलचित्रमा बासु पुडासैनी, अनामिका चौलागाई, आशा खड्का, बिष्णु सापकोटा, कमलकृष्ण लगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा मलेसियाका कलाकारहरु पेरलिजा राज, अंकिता साहु, सुरेशकुमार काशान्द्राती लगायतले पनि अभिनय गरेका छन् ।चलचित्रको मुख्य खलपात्रको रुपमा मलेशियन कलाकार राजा सेग्रानलाई देख्न सकिनछ । सस्पेन्स प्रेम कथामा तयार पारिएको चलचित्रले आफ्नै श्रीमान्बाट श्रीमतीहरु कसरी बलात्कृत हुन्छन् भन्ने बिषयलाई उठान गर्न खोजेको छ । पञ्च परमेश्वर प्राइभेट लिमिटेडको ब्यानरमा तयार भएको यो चलचित्रमा राजेश शाहको सम्पादन, मुकेश हुँमागाई र मुजिबुरहा माहानको छायांकन, चन्द्र पन्तको द्वन्द्व, गणेश बगालेको गीत छ । यसैबिच चलचित्रको निर्माणपक्षले प्रोमो सार्वजनिक गरेर यसको प्रचारप्रसार सुरु गरेको छ ।पुरा भिडियो हेर्नुहोस् ।

Category:

0 comments