Hindi Films

साउदीमा एक नेपाली सुतेकै अस्थामा मृत फेला

Unknown | 01:28 | 0 comments

२८ असार, ताप्लेजुङ । वैदेशिक रोजगारीका लागि साउदी गएका एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ । ड्युटी सकेर होस्टलमा आएर खाना खाएर सुतेका ताप्लेजुङ हाङ्पाङ ९ विसमुरेका याम कुमार श्रेष्ठ बिहान मृत अवस्थामा फेला परेका हुन् । उनी बिहान ढिला सम्म सुतेको भन्दै साथीहरुले बोलाउन जाँदा मृत फेला पारेका थिए । उनी एक वर्ष अघि मात्र एसओएस मेनपावर मार्फत साउदी पुगेका थिए । उनका जेठा दाई धनकुमार श्रेष्ठ पनि साउदीमानै कार्यरत रहेकोले उनको सब नेपाल ल्याउने तयारी भईरहेको नेपालमा रहेका भाई डिकेन श्रेष्ठले जानकारी दिएका छन् । मृतकका भाई डिकेनले दाईको मृत्यू के कारणले भएको भन्ने अहिले समम्म थाहा नभएको बताएका छन् । मृतकी श्रीमती र एक छोरी छन् ।भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।

Category:

0 comments