Hindi Films

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा चालकसहित २७ जना घाइते

Unknown | 03:42 | 0 comments

२८ असार, मोरङ । बिद्यार्थी पुर्‍याउन हिडेको स्कुल बस शुक्रबार दिउँसो मोरङको गोबिन्दपुर-७ कुमार टोलमा दुर्घटना हुँदा चालकसहित २७ जना विद्यार्थी घाईते भएका छन् । घाईते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।
झुर्किया-८ मा रहेको मे १ ख ९६४ नम्बरको मुनलाईट मोडल इङलिस स्कुलको बस रंगेली-आमबाडी राजमार्ग अन्र्तगत गोबिन्दपुर-७ मा सडक छेउमा अनियन्त्रत भएर पल्टिएको प्रहरीले जनाएको छट । बसमा सवार अन्यको अवस्था भने सामान्य रहेको बिद्यालयका पि्रन्सिपल कृष्ण ढकालले जानकारी दिनुभयो । घाईते सबैको कोशी अञ्चल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । बसमा क्षमता भन्दा बढी सवार रहेका कारण बस अनियन्त्रीत भएर दुर्घटना भएको हुन सक्ने इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।

Category:

0 comments