Hindi Films

प्रेमीसँग रात विताउन आमाले जंगलमा छाडिएका बालक फेरी अलपत्र !

Unknown | 06:12 | 0 comments

पर्वत, २१ असार । प्रेमीलाई खुसी पार्न आमाले जंगलमा फालेको ११ महिने बच्चालाई बाबुले पनि वास्ता नगरेपछि अलपत्र परेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका बच्चालाई बाबु र आफन्तले वास्ता नगरेपछि अहिले प्रहरीले संरक्षण दिएको छ ।
नवलपरासी जिल्लाको गैडाकोट–३ की मीना पौडेल परियारले ११ महिने छोरालाई मुडिकुवा गाविसमा पर्ने सिर्सुवाको जंगलमा गत मंगलबार दिउँसो ४ बजे छाडेर फलेबासमा प्रेमीसँग रात बिताउन गएकी थिइन् । प्रहरीले २१ घण्टापछि उद्दार गरेर अस्पताल पुर्‍याएपनि बाबु कृष्णबहादुर र आफन्तले बेवास्ता गर्दा अस्पतालले उपचारको विल पनि प्रहरीलाई नै लिएको छ । मणिपाल शिक्षण अस्पतालले बच्चालाई मंगलबार जिल्ला प्रहरी कार्यालयलाई जिम्मा लगाएको र ३८ हजार ५ सय रुपैयाँको उपचारको बिल पनि प्रहरीलाई छाडेर गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पटक पटक बाबु र मावलीलाई खबर गर्दा पनि बेवास्ता गरेकाले प्रहरीले संरक्षक खोजेर अन्य ब्यक्तिलाई नै जिम्मा लगाउने तयारी गरेको पर्वतका प्रमुख डिएसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो । ‘आमाले जंगलमा छाडेर हिडिन्, बाबुले अस्पतालमा उपचार गर्दा छाडेर हिडे’ डिएसपी अधिकारीले भन्नुभयो ‘एघार महिने बच्चालाई घर न घाटको बनाउनुभन्दा अन्य संरक्षक खोज्नुपर्ने भएको छ ।प्रहरीले बच्चाको बाबु र आफन्तलाई केही दिनसम्म प्रतिक्षा गर्ने र नआएको अबस्थामा जिल्ला बालकल्याण समिति मार्फत बैधानिक रुपमा अन्य संरक्षक खोजेर संरक्षक तोक्ने तयारी गरिरहेको छ । भीष्मलाई जेठ ७ गते मुडिकुवाको जंगलमा आमा मिनाले फालेर प्रेमीलाई भेट्न गएकी थिइन् । जंगलमा छाडिएको बच्चा निमोनिया सिकिस्त भएको अबस्थामा प्रहरीले उद्धार गरी मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरेको थियो । बच्चाका बाबु कृष्णबहादुर पौडेल दक्षिण बागलुङ्गमा ट्याक्टर चलाउँछन् भने आमा मिना बच्चालाई मार्ने उद्देश्यले जंगलमा फालेको अभियोगमा पर्वत जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेकी छन् ।भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

Category:

0 comments