Hindi Films

लोकतन्त्रको रक्षाका लागि चुनाव : ओली

Unknown | 07:51 | 0 comments

२१ असार, धादिङ । नेकपा एमालेका नेता केपी शर्मा ओलीले वर्तमान अवस्थामा निर्वाचन एकमात्र विकल्प भएको बताउनु भएको छ । ओलीले मुलुक अत्यन्तै कठिन परिस्थितिवाट गुज्रिरहेकाले मुलुकलार्इ शान्तिपूर्ण वातावरणमा पुर्‍याउनका लागि सबै दलले निर्वाचनका लागि सरकारलाई सहयोग गर्नु पर्ने वताउनुभयो ।
प्रेस चौतारी नेपाल धादिङले शुक्रवार सदरमुकाम धादिङवेसीमा आयोजना गरेको जिल्ला परिषद, पत्रकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता ओलीले निर्वाचनको माध्यमबाट देशलाई सामान्य अवस्थामा फर्काउनु अहिलेको आवश्यकता रहेको वताउनुभयो । उहाँले लोकतन्त्रिक प्रक्रियामा सामेल हुने गरी सहमतिमा आउन चुनावको विरोधमा रहेका दलहरुलाई आग्रह गर्नु भयो । उहाँले शान्तिका लागि लोकतन्त्र अनिवार्य रहेको भन्दै शान्तिका लागि लोकतन्त्र बाहेकका अन्य कुरा छाड्न एमाले तयार रहेको बताउनुभयो । ओलीले नेपालमा कृषि, पशुपालन, पर्यटन तथा प्राकृतिक सम्पादा लगायतको क्षेत्रको प्रशस्त सम्भावना रहेको भएपनि कामको खोजीमा हजारौँ नेपाली विदेश पलायन हुने अवस्था आएकोमा चिन्ता समेत व्यक्त गर्नु भयो । नेता ओलीले सञ्चार क्षेत्र मर्यादित हुनुपर्नेमा समेत जोड दिनुभयो । कार्यक्रममा ओलीले धादिङमा जन्मिएर पत्रकारितामा महत्वपूर्ण योगदान पुर्‍याएका १६ जना पत्रकारहरुलाई सम्मान समेत गर्नु भएको छ । कार्यक्रममा पत्रकार किशोर श्रेष्ठ, देवप्रकाश त्रिपाठि, मिलन तिमिल्सिना, सोमह सुवेदीलगायतका १६ पत्रकारहरुलाई सम्मान गरिएको हो ।

Category:

0 comments