Hindi Films

बस र जिप ठोक्किदा सडक दुर्घटनामा एक जनाको मृत्यू, १९ जना घाइते

Unknown | 09:52 | 0 comments

महोत्तरी, असार २६ – महोत्तरीको गौरीवास ६ कारेघोप्टेमा बुधबार दिउँसो भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । जनकपुरबाट चिनी लिएर सिन्धुली तर्फ जाँदै गरेको ज १ च ५६५ नम्बरको जिप र सिन्धुलीबाट बर्दिवास आउँदै गरेको ना २ ख ६१५६ नम्बरको बस ठोक्किदा जिप चालक धनुषा हरिहरपुर ९ का ३८ बर्षिय गोविन्द विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा बसका चालक बर्दिवास ३ का तीर्थबहादुर बम्जन सहित १९ जना यात्रु घाइते भएका इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक तुलसी अधिकारीले जानकारी दिनुभयो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेहरुको बर्दिवासका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । घुमाउरो बाटोमा दुबै गाडी तिब्र गतिमा रहेका कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।

Category:

0 comments