Hindi Films

शाहरुखको घरमा भित्रियो तेस्रो सन्तान, नाम ‘अबराम’

Unknown | 09:30 | 0 comments

मुम्बई, असार २६ । बलिउड अभिनेता शाहरुख खानको दम्पतीलाई भाडाको गर्भ (सरोगेट)बाट पुत्रलाभ भएको पुष्टी भएको छ । बलिउडमा विगत केही दिन यताबाट शाहरुख पिता बनेको खबर सार्वजनिक भईरहेका थिए । तर, यस विषयमा कुनै प्रतिक्रिया नजनाएका शाहरुखले मंगलबार साँझ यस कुराको पुष्टी गरेका हुन् । शाहरुखले सार्वजनिक रुपमा एक वक्तव्य जारी गर्दै आफूहरुलाई ‘भाडाको गर्भ’बाट एक पुत्र प्राप्त भएको पुष्टी गरेका बीबीसीले जनाएको छ । शाहरुख र उनकी पत्नी गौरी खानले आफ्नो बच्चाको नाम ‘अबराम’ राखेको पनि जनाइएको छ ।
शाहरुखले जारी गरेको वक्तव्यमा आफ्नो बच्चा समय भन्दा अघि सातौं महिनामै जन्मिएको र अहिले घरमा ल्याईसकेको उल्लेख भएको जनाइएको छ । यसअघि शाहरुखले सन्तानको लिंग परीक्षण गराएको खबरले पनि बलिउड तातेको थियो । यस विषयमा बोल्दै उनले आफूले त्यस्तो कुनै परीक्षण नगराएको र कुनै पनि कानूनको उल्लंघन नगरेको जिकिर समेत गरेका छन् । यद्यपी यस विषयमा शाहरुखले यसअघि नै ‘क्लीन चिट’ प्राप्त गरिसकेका थिए । शाहरुखले यसअघि आफ्नो विषयमा विभिन्न टिप्पणी हुँदा पनि चुप लागेर बस्नुको पछाडि यो एकदमै निजी र भावुक मामिला भएका कारण मौन भएको स्पष्टीकरण समेत दिएका जनाइएको छ । बलिउडमा फिल्म ‘दिवाना’बाट करियर सुरु गरेका शाहरुखले सन् १९९१ मा गौरीसँग विवाह गरेका थिए । यो दम्पतीको यसअघि नै एक छोरा र एक छोरी छन् ।

Category:

0 comments