Hindi Films

८ महिने छोरालाई दुध चुस्दा टोकेको भन्दै आमाले ९० पटक कैँचीले चटाचट काटेपछि .....

Unknown | 09:51 | 0 comments

आफ्नो सन्तान त आमाहरुका लागि आफ्नो मुटुभन्दा पनि प्यारो हुन्छ भनिन्छ । तर भनेर के गर्नु ? सबै आमाहरु त्यस्ता नहुँदा रहेछन् । चीनमा एक निर्दयी आमाले आफ्नो ८ महिने छोराको अनुहार कैँचीले चटाचट काटिदिएकी छिन् ।
उनले आफ्नो छोरामाथि यस्तो नृसंस व्यवहार गर्नुको कारण छोराले कुनै ठूलो अपराध गरेर होइन । विचरा त्यो अबोध बालकले दुध चुस्दा आमाको स्तनको मुन्टु टोकिदिएछ । बच्चाले दुध चुस्दा आमाको स्तन दुख्ने गरी टोक्नु कुनै नौलो कुरा होइन । तर ती निर्दयी आमा बिचरा अवोध छोराको त्यो टोकाइमाथि यसरी खनिइन् की उसको अनुहार तथा सरीरका विभिन्न भागमा ९० पटक कैँचीले चटाचट काटिदिइन् ।
छोरालाई काटेर ती आमा त्यहाँबाट हिँडिन् । धन्न त्यो बच्चाको काकाले समयमै घाइते बच्चालाई देखेर अस्पताल पूराएपछि बच्चाको ज्यान जोगियो । काकाले देख्दा त्यो बच्चा रगतको आहालमा डुबेको थियो । चीनको जिंगसु प्रान्तस्थित जुझोउ क्षेत्रमा यो घटना भएको हो । आमाको राक्षसी व्यवहार भोग्ने त्यो बच्चाको नाम जिआओ बाओ हो । ती महिलालाई पछि पक्राउ गरियो र उनले बच्चाले आफ्नो दुध चुस्ता टोकेका कारण रिस उठेर उसलाई कैँचीले काटेको स्विकार गरेकी छिन् ।
त्यो बच्चाको सरीरमा लागेका घाउमा १ सय टाँका लगाइएको छ र त्यो बच्चाको स्वास्थ्य अवस्था अहिले सुधार हुने क्रममा रहेको छ । स्थानीय बासिन्दाहरुले बच्चा निको भएपछि असुरक्षित हुने भन्दै उसलाई संरक्षण दिन स्थानीय प्रशासन सँग आग्रह गरेपनि स्थानीय प्रशासनले त्यो बच्चासँगै उसका दुइ काका पनि बस्ने भएकाले ऊ अब सुरक्षित हुने दाबी गर्दै बच्चा ग्रहण गर्न अस्विकार गरेको छ । ती महिलामा मानसिक समस्या भएको भनिएपनि पुष्टि भएको छैन । स्मरण रहोस् चिनिया युवायुवतीहरुमा मानसिक समस्या बढ्दै गएको र मानसिक समस्या भएकामध्ये ९१ प्रतिशतले स्वास्थ्य उपचार नगराउने गरेका एक अध्ययनले देखाएको छ । पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस ।

Category:

0 comments