Hindi Films

मोती दुगडको पार्टीद्वारा एभरेष्ट होटलमा भव्य राष्ट्रिय बहस

Unknown | 03:01 | 0 comments

२९ असार, काठमाडौं । उद्योगी मोती दुगडले भर्खरै निर्वाचन आयोगमा दर्ता गरेको नवनेपाल निर्माण पार्टीको आयोजनामा नयाँ बानेश्वरको एभरेष्ट होटलमा भव्य राष्ट्रिय बहसको आयोजना गरिएको छ । भेलामा पूर्व प्रशासक, उद्योगी, व्यवसायी, घरानियाँ, कानुनविद् एवं नागरिक समाजका अगुवा एवं कलाकारहरुको उपस्थिति छ ।
‘राष्ट्रिय बहस’ नाम दिइएको कार्यक्रममा नेपाल बार एशोसिएसनका अध्यक्ष हरिकृष्ण कार्की, पूर्वमुख्य सचिव विमल कोइराला, उद्योगी भाष्करराज कणिर्कार, कलाकार मदनकृष्ण श्रेष्ठ, पत्रकार धर्मेन्द्र झा, कनकमणि दीक्षितलगायतले बोल्नुभएको छ । वक्ताहरुले मुलुकको राजनीतिक अवस्थाप्रति चिन्ता जाहेर गर्नुभएको छ । बोल्ने क्रममा वक्ताहरुले नेताले जस्तै दलहरुलाई गाली गर्ने काममा आफ्नो समय खर्च गरेका छन् । भारतमा पनि नवनिर्माण अभियान चलेको बताउँदै पत्रकार कनकमणि दीक्षितले भ्रष्टाचार र अधिनायकवाद विरुद्ध लाग्नुपर्ने भन्दै राजनीतिलाई ठीक ठाउँमा ल्याउने बुँदाहरु वाचन गर्नुभएको छ । पत्रकार दीक्षितले कस्ता मान्छेलाई भोट नदिने भन्ने बुँदाहरु पढ्दै फौजदारी अभियोग लागेका, भारतमा एउटा राजदूत नियुक्त गर्न नसक्ने, प्रधानन्यायधीशलाई सरकार प्रमुख बनाउने, हिंसामा विश्वास गर्ने र भ्रष्टाचार गर्ने नेताहरुलाई भोट नहाल्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै मानवअधिकारवादी नेता सुबोध प्याकुरेलले मुलुकको अहिलेको राजनीतिक अवस्थाको विश्लेषण गर्दै अहिले देशमा आतंकवाद रहेको बताउनुभयो । साथै आगामी चुनावमा नेगेटिभ भोटिङ गर्ने बताउनुभयो । त्यसैगरी उद्योगी वनवारीलाल मित्तलले पनि बोल्नुभएको थियो । नेपालका उद्योगमा काम गर्ने नेपालीहरुले काम गर्नुभन्दा पनि आन्दोलन गर्ने गरेको मित्तलले बताउनुभयो । नेपालमा सानो काम गर्दा इज्जत जान्छ भनेर मलेसिया पुगेर नेपालीले त्यही काम गर्ने गरेको मित्तलले बताउनुभयो । कार्यक्रममा नवनेपाल निर्माण पार्टीका अध्यक्ष मोती दुगडले मुलुकका लागि केही गर्ने उद्देश्यले आफूले नयाँ पार्टी खोलेको बताउनुभएको छ । होटलभित्र खुल्लामञ्चमा जस्तै व्यापक उपस्थिति देखिएको भए पनि सर्वसाधारण भन्दा सुकिला-मुकिला मानिसहरुको उस्थिति बढी देखिएको छ । डाकालाई चुनावमा उठाइए नेगेटिभ भोट : हरिबंश कार्यक्रममा सहभागीले प्रश्न सोधेका छन् । केही सहभागीले पत्रकार कनकमणि दीक्षितलाई पत्रकार भएर किन राजनीति गर्नुभएको भन्ने प्रश्न गरेका छन् । जवाफले पत्रकार, डाक्टर, वकिल भएर बस्ने अवस्था नरेहको र नागरिकले आफ्नो विचार राख्न पाउनुपर्ने जवाफ दिनुभयो । नाम उल्लेख नगरेका सहभागीले दीक्षितलाई समाजमा किन विग्रह ल्याउन खोजेको भन्ने प्रश्न सोधेको जवाफमा दीक्षित कसले सोधेको हो भन्ने थाहा छ भन्दै झर्किनु भयो । त्यस्तै चुनावमा किन नेगेटिभ भोटको अभियान चलाउने भन्ने प्रश्न हरिवंश आचार्यलाई सोधिएको प्रश्नमा उहाँले पञ्चालयकालमा नानीमैया दाहालको उदाहरण दिँदै डाकालाई चुनावमा उठाइए नेगेटिभ भोट हाल्नुपर्ने जवाफ दिनुभयो ।बहस भिडियो हेर्नको लागि तलको बक्समा क्लिकगरि हेर्नुहोस् ।

Category:

0 comments