Hindi Films

आज भानुभक्तको २०० औ जन्मजयन्ती, देशैभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ

Unknown | 05:49 | 0 comments

काठमाडौं, २९ असार । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज २०० औ जन्मजयन्ती, देशैभर विभिन्न कार्यक्रम गरि मनाइदैछ । तनहूको चुम्धी रम्घामा वि सं १८७१ असार २९ गते अर्थात आजकै दिन भानुभक्त आचार्यको जन्म भएको थियो ।
आचार्यका बधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, जस्ता कृति धेरैले मन पराएका छन् । आदिकवि आचार्यले संस्कृतभाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । रामायणका श्लोक गाउँघर तथा पानी घट्टामा गुञ्जने गर्दछन् । घाँसीको कुवा खन्ने अनुकरणीय कार्य देखेर सामाजिक कार्यमा लाग्नुभएका भानुभक्तले नेपाली भाषा र साहित्यको ठूलो जग हाल्ने काम गरेको भाषाविदहरु बताउँछन् । सिक्यौ पाठ घाँसीबाट, राख्यौ नाम भानुभक्त । युगौसम्म भुल्ने छैनन्, तिम्रो काम भानुभक्त । घाँसीले त कुवा बनाई, बटुवाको प्यास मेट्यो । धन्य तिम्रो साहित्यले, यौटा नयाँ बाटो भेट्यो । गरीबीमै हुर्किएको , घाँसी थियो मनको धनी । गुरु मान्यौ उसैलाई, बढ्यौ अघि चेला बनी । चिनायौ नि रामायण, सीता राम भानुभक्त । धनञ्जय पुत्र धन्य, तिम्रो काम भानुभक्त । जती बखान गरौँ तिम्रो, अपुरो नै हुन्छ सारा । हाम्रो मनमा ‘आदिकवि’, चम्किएको तिमी तारा । बहेका छौ बहने छौ , साहित्यको धारासित । रहेका छौ रहने छौ , नेपाली मन सारासित । तनहुँ नै साहित्यको, बन्यो धाम भानुभक्त । धन्य तिमी झनै धन्य, तिम्रो काम भानुभक्त । भिडियो हेर्न को लागि तलको बक्समा क्लिक गर्नुहोला ।

Category:

0 comments