Hindi Films

बाउको मोबाइल बाट कसरी कार किनिन् एक वर्षकी छोरीले..

Unknown | 05:45 | 0 comments

जन्मँदै तिन पात भन्ने उखानै छ । यो उखानलाई अमेरिकाकी एक बालिकाले चरितार्थ गरेकी छिन् । एक वर्षकी ती बालिकाले कार किनेकी छिन् । उनले कुनै कार सोरुममा गएर कार किनेकी होइनन् । आफ्नै बुवाको मोबाइल फोनबाट उनले कार किनेकी हुन् ।
ती बालिकाले आफ्नो बुवाको मोबाइल खेलाउने क्रममा अनलाइनमा बिक्रिमा राखिएको कार खरीद गरेकी हुन् । समाचार अनुसार ओरेगनको पोर्टल्याण्डका पाउल स्टोउटकी १ वर्षकी छोरीले इ बे मा मार्फत अनलाइन बिक्रिमा राखिएको कार खरीदको अप्सनमा क्लिक गर्न पुगिन् । पाउललाई छोरीले गरेको त्यो काम त्यति बेला सम्म थाहा थिएन जतिबेला उनलाई एक्कासी इ बे बाट बधाइको सूचना आयो । १९६२ मा बनेको अस्टिन हेली स्प्राइट कार २२५ अमेरिकी डलरमा खरीद गर्न सफल हुनुभएकोमा बधाइ छ भन्ने सूचना उनको मोबाइलमा आएपछि उनी खङ्ग्रङ्ग भए । आफुले कतैपनि कार किन्न गएकै छैन , कसरी कार आफ्नो नाउँमा पर्यो त ? भनेर उनी अचम्ममा परे । पछि बुझ्दै जाँदा त छोरीले आफ्नो स्मार्टफोन खेलाउँदा इ बे एप्लिकेसन लग अन गरेर बिक्रिमा राखिएको कार किन्ने अप्सनमा क्लिक गरिछन् । धन्न छोरीले महंगो कार किनिनन् । यदि किनेको भए कसरी पैसा तिर्ने भन्ने चिन्ता हुन्थ्यो । तर त्यो महत्वपूर्ण ऐतिहासिक कार सस्तो मूल्यमा छोरीले किनिदिएपछि पाउल अहिले निकै खुसी भएका छन् । अब पाउल दम्पती छिटै बिक्रेतासँगबाट त्यो कार आफ्नो घरमा भित्राउने तयारीमा छन् । त्यो कारलाई जतन गरेर राख्ने र पछि छोरी १६ वर्ष पुग्दा जन्मदिनको दिन वा हाइ स्कुल पास गर्दाको दिन छोरीलाई उपहार दिने लक्ष्य उनीहरुको छ । छोरीले यो पाला त सस्तो कार किनिन् । यदि कुनै बेला मोबाइल खेलाउँदा पैसा तिर्नै नसक्ने चिज किनिन् भने के गर्ने ? त्यहीँ भएर अहिले पाउलले आफ्नो मोबाइल छोरीले खोल्न नपाउन् भनि पासवर्ड राखेका छन् र अनलाइनमार्फत खरीद गर्न सकिने एप्लिकेसन पनि अनइन्स्टल गरेका छन् ।भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस ।

Category:

0 comments