Hindi Films

राजधानीमा ग्याङ फाइट सुरु, अस्पतालबाटै गुण्डा नाइके ‘चरी’को धम्की ( भिडियो)

Unknown | 11:23 | 0 comments

गुण्डा नाइकेका रुपमा परिचित दिनेश अधिकारी ‘चरी’ माथि शुक्रबार राति गोली प्रहार भएको हो ।
बीगतामा धेरैलाई अस्पताल पुर्याएका चरी अहीले आफै अस्पताल पुगेका छन् । धम्की र गुण्डागर्दिलगायतका अपराधमा संलग्न चरी भनिने दिनेश अधिकारीमाथि गोली प्रहार भएको हो । धादिङमा प्रेस चौतारीको जिल्ला परिषदमा भाग लिएर राजधानी फर्कँदै गरेका उनलाई शुक्रबार राती साढे ११ बजे नैकाप नजिकै गोली हानिएको हो । बायाँ पाखुरामा गोली लागेका चरीको महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार केही समय अघिसम्म उनकै समुहका धादिङकै राधे भण्डारी समुहले गोली हानेको हो । मध्य रातमा चरी माथी भएको गोली प्रहारको घटनाले राजधानीमा फेरी गुण्डा समुह बिच ग्याङ फाइटको ऋङखला सुरु भएको देखाएको छ । यसले राजधानीको शान्ती सुरक्षामा चुनौती थपेको प्रहरी अधिकृतहरु बताउँछन् ।पुरा भिडियो हेर्नुहोला ।

Category:

0 comments