Hindi Films

क्यानडामा रेल दुर्घटनाभई आगोलागी, कम्तीमा ८० हराए,दर्जनौं भवन नष्ट

Unknown | 12:35 | 0 comments

क्यानडा, २३ असार । क्यानडाको लाक–मेगान्टिक नगरमा चालकविहीन तेल ट्याङकर रेल आफ्नो मार्गबाट बाहिर गइ विस्फोट हुँदा कम्तीमा ८० व्यक्ति हराइरहेको, दर्जनौं भवन नष्ट भएको एक अग्निनियन्त्रकले शनिबार घटनास्थलबाट बताएका छन् । क्युवेकको उक्त सानो नगर मोन्ट्रियलबाट २ सय ५० किलोमिटर पूर्वमा रहेको बताइएको छ । प्रत्यक्षदर्शीहरूले उक्त दुर्घटनामा ठूलो अग्नीको ज्वाला देखेको र करिब दुई हजार व्यक्ति डरका कारण आफ्नो घरबाट भागेको जानकारी दिएका छन् । अधिकारीहरूले हालसम्म दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् । उनीहरूले थप व्यक्तिको मृत्यु भएको हुनसक्ने आशङ्का गरेका छन् । अग्निनिन्त्रकहरूले आगोले एक बारलाई प्रभाव पारेको र त्यस समयमा त्यहाँ ५० व्यक्ति रहेको अनुमान गरेका छन् । प्रत्यक्षदर्शीले उक्त रेलले आफ्नो मार्ग छोडेपछि करिब छ वटा विस्फोट देखिएको जानकारी दिए । उक्त नगरको जनसङ्ख्या छ हजार रहेको बताइएको छ । उक्त आगो निभाउन १५० अग्निनियन्त्रकले प्रयास गरेको बताइएको छ । उक्त दुर्घटनाको कारण अझै थाहा हुनसकेको छैन । मोन्ट्रियल माइने एण्ड एन्टलान्टिकका प्रवक्ता क्रिस्टोफ जुर्नेटले नान्टेसमा उक्त रेल चालक परिवर्तन गर्न रोकिएको र अकस्मात् भिरालो क्षेत्रमा अगाडि बढ्न थालेको बताए । रोकिँदा उक्त रेलमा ब्रेक लगाइएको जानकारी दिइएको छ । उनले रेल आफैँ चल्दा त्यसमा चालक दलका कुनै पनि सदस्य नभएको बताए । क्यानडाको यातायात सुरक्षा संस्थाले अनुसन्धानका लागि एक समूह घटनास्थलमा पठाएको छ । प्रधानमन्त्री स्टेफेन हार्परले पीडित समूदायमा समवेदना प्रकट गर्नुभएको छ र सरकार सहयोग उपलब्ध गराउन तयार रहेको उल्लेख गर्नुभएको छ । रेल विस्फोट भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गरि हेर्नुहोला ।

Category:

0 comments