Hindi Films

बिक्न छाडेपछि अन्जुले भनिन-'अब सबै धर्मका गीत गाउँछु'

Unknown | 01:33 | 0 comments

३ असोज, काठमाडौं । दशैंको शुभकामना गित गाउन नमानेकी गायीका अन्जुपन्तले अब सबैधर्मका गित गाउने बताएकी छिन् । भगवान बुद्ध देखी अल्लाहको नाम समेत आफुले लिन नसक्ने भन्दै क्रिश्चियन धर्मावलम्बि बिच भाषण दिएको प्रमाण सहितको भिडियो सार्वजनिक भएपछि गुमनाम बनेकी पन्तले नागरिक दैनिकसँग अन्र्तवार्ता दिँदै सबै धर्मको गित गाउने बताएकी हुन् । हिन्दु देवीदेवताको नाम भएकै कारण स्टुडियो पुगेर समेत दशैंको शुभकामना गिन नगाई फर्केकी अन्जुपन्तले यसबिचमा रुँदै आफुले त्यस्तो नगरेको भन्दै भ्रामक भिडियो समेत सार्वजनिक गरेकी थिइन् । नाटकिय ढंगमा रुँदै त्यस्तो नभनेको बताएकै भोलिपल्ट उनले क्रिश्चियन धर्म बाहेकका गित नगाउने भन्दै अपमानजनक शब्द बोलेको भिडियो सार्वजनिक भएको थियो । दुई बर्षदेखी धर्म फेरेर क्रिश्चियन बनेकी अन्जुपन्तलाई दशैं र तिहारको लागि विदेशका विभिन्न सांगीतिक कार्यक्रममा बोलाएपनि उनको कर्तुतका कारण उनको यात्रा रद्द हुन थालेपछि अन्जुले सबै धर्मका गित गाउने बताएकी हुन् । दुई बर्षदेखी क्रिश्चियन र्धमबाहेकको गित नगाएको स्विकारेकी अन्जुले आइन्दा सबै धर्मका गीत गाउने बताएकी हुन् । पति मनोज सेवासँग झगडा परेपछि धर्म समेत फेरेर बसेकी अन्जुले धर्म फेरेपछि अन्य धर्मका देवताको नामको ठाउँमा क्रिश्चियन धर्मको शब्द राखेर गाएको समेत स्विकार गरेकी छिन् । जुन कुरा उनले यसअघि अस्विकार गर्दै नाटकिय ढंगमा रुँदै भिडियो सार्वजनिक गरेकी थिइन् ।

Category:

0 comments