Home �
News
� रोल्पाबाट फर्किएको एक दिनपछि प्रचण्डले फेरि काठमाडौं छोडे
Unknown |
13:15 |
0
comments
रोल्पाबाट फर्किएको एक दिनपछि प्रचण्डले फेरि काठमाडौं छोडे
२८ कात्तिक, काठमाडौं ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले रोल्पाबाट फर्किएको एक दिनपछि पुनः राजधानी छोडेका छन् ।
कांग्रेस एमालेलाई पेलेरै जान खोजेको भए राजनीतिक समितीको सभापति हटाएर देखाउन चेतावनी दिएका प्रचण्ड संवाद समितिको बैठक लगत्तै कैलालीको धनगडी तिर लागेका हुन् ।
रोल्पा भ्रमणपछि काठमाडौं फर्किएर पहिलो पटक कांग्रेस एमालेका नेतासँग भएको बैठकमा प्रचण्डले बहुमतको आडमा पेलेरै अघि बढ्न खोजेको भए संवैधानिक राजनीतिक संवद तथा सहमति समितिमा बाबुरामलाई हटाएर आफ्नै मान्छे राख्न सत्तारुढ दलहरुलाई चुनौति दिएका थिए ।
प्रचण्ड २२ दलीय मोर्चाले धनगडीमा राखेको सभालाई सम्बोधन गर्नका लागि त्यता लागेका हुन् । प्रचण्ड राजधानी बाहिर गएपछी वार्ता हुन नसकेको भन्दै प्रधानमन्त्री लगायतका नेताले आग्रह गरेपछि रोल्पाबाट फर्किएका प्रचण्ड पुनः राजधानीबाट बाहिरिएपछि संविधानका विवादित विषय यसै अड्किने देखिएको छ ।
Category:
News
0 comments