Hindi Films

चार बर्षपछि फर्कियो संचिताको खुसी (फोटोफिचर)

Unknown | 12:06 | 0 comments

काठमाडौं, मंसिर ६ – चार बर्षपछि उही माहोलमा फर्किदा संचिता लुइँटेल निकै खुसी देखिएकी छिन् । माहोल उस्तै, ब्यक्ति उही तर बदलिएको प्रविधिले संचिताको मुहारमा विश्वासका पाईलाहरु अझ बढाएका पनि छन् । ‘धेरैपछि फिल्म माहोलमा फर्किएको छु तर चार दिन पछि सेटमा फर्किए जस्तो महसुश भएको छ अनि फिल्म पनि राम्रो बनिरहेको विश्वास छ मलाई,’ नाईँ न भन्नू ल ३ ईन्डक्ल्यापका बेला संचिताले प्रतिक्रिया दिएकी छिन् । हुन त उनी संसारकै सवै भन्दा ठूलो खुसी आमा बन्ने अबसरलाई समेत महसुस गरेर फिल्म उद्योगमा फर्किएकी हुन तर सन्तान प्राप्तीको खुसी पश्चात आफ्नै कर्मथलोमा फर्किदाको खुसी अलि भिन्न नै हुने उनको भनाई छ । हिट सिरिजको तेस्रो सिक्वेलमा एउटा महत्वपूर्ण भूमिका पाएपछि संचिताले बाँकीका दिनमा यो उद्योगमा अझ सक्रिय भएर लाग्ने विश्वास पनि देखाएकी छिन् । मुस्कान ढकालले निर्देशन गरेको यो थर्ड सिरिज आउँदो चैत्र २७ देखि देशब्यापी प्रर्दशन हुने हुँदा फिल्म रिलिजको ब्यग्र पर्खाइ प्रतिक्षा छ उनीमा । ‘म त हिजो पनि प्रशंसक र आज पनि छु त्यसैले महत्वपूर्ण भूमिकामा उहाँलाई हामीले खेलाएका हौ,’ नाईँ न भन्नू ल ३ सिरिजका संरछक बिकास आचार्यको भनाई छ । बिकासले संचिता जस्तो स्मार्ट कलाकारहरुलाई अन्य फिल्ममेकरहरुले पनि विर्सन नहुने तर्क गरेका छन् । यस फिल्ममा संचिता सुरज सिंह ठकुरीको अपोजिट खेलेकी छिन् । सुरजले संचिताको अभिनय जोश हेर्दा उनी चार बर्षपछि उद्योगमा फर्किएको जस्तो नलागेको बताएका छन् । सुरजले एउटा हिरोइनमा हुने सम्पूर्ण गुण उनीमा रहेको प्रतिक्रिया समेत दिएका छन् । ४२ दिन सम्म छायाँकन भएको यस चलचित्रमा अनुभव रेग्मी, प्रियंका कार्की, संयम पुरी, आश्मा डिसी, आर्यन सिग्देल सहित विशेष भूमिकामा निरज बराल, मुकेश ढकाल र गरिमा पन्तालाई पनि देख्न सकिन्छ । निर्माण कम्पनी वान टाईम सिनेमाका अनुसार प्रर्दशन हुन जेल सम्म फिल्मको बजेट ८० लाख पुग्ने छ ।

Category:

0 comments