Hindi Films

‘कलियुग’को धर्म: जो लुटेरा, उही राजा !

Unknown | 04:58 | 0 comments

धर्ममा पाखण्डको प्रधानता हुन्छ : श्रीमद्भागवत २० कात्तिक, काठमाडौं । हिन्दूहरुको पवित्र धर्मग्रन्ध श्रीमद्भागवतको द्वितीय अध्यायमा कलियुगमा धर्मका ठेकेदार, ब्राह्मण र राजाको चरित्र कस्तो हुन्छ भन्ने रोचक व्याख्या गरिएको छ । नेपालमा यतिबेला धर्मका नाममा भइरहेको राजनीतिसँगसँगै भागवतको दोस्रो अध्याय कतिपय ठाउँमा मिल्दोजुल्दो देखिन्छ । लामो समय राज्य सञ्चालनको महत्वपूर्ण ओहोदामा बसेर जनताको सम्पत्ति चरम दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा सर्वोच्च अदालतले दोषी प्रमाणित गरेका व्यक्तिले नै धर्म, संस्कृति र सदारचारको पाठ पढाउन थालेका छन् ।
कलियुगमा मञ्चबाटै धर्मको पाठ पढाउनेहरुमा आफ्नी पत्नीलाई दुख दिएर शास्त्रले निषेध गरेको आचरणमा सरिक हुनेहरु पनि देखापरेका छन् । तर, कलिमा यस्तो उदेकलाग्दो दृश्य देखिनु स्वाभाविक भएको प्रमाण श्रीमद्भागवतमा भेटिन्छ । भ्रष्टाचार गरेर जनताको सम्पत्ति छिन्ने व्यक्तिहरुले नै यतिबेला जनतालाई धर्म र नैतिकताको पाठ पढाउन थालेपछि श्रीमद्भागवतमा उल्लेखित ‘कलियुगको धर्म’ सबैका लागि स्मरणयोग्य विषय बनेको छ । श्रीमद्भागवतको द्वीतीय अध्यायमा भनिएको छ, ‘कलियुगमा जसका साथमा धन हुन्छ, उही मानिस कुलीन, सदाचारी र सदगुणी मानिन्छ । जसका हातमा शक्ति हुन्छ, उही धर्म र न्यायलाई आफ्नो अनुकूल बनाउन सक्छ ।’ हिन्दुहरुको पवित्र ग्रन्ध भागवतको सोही अध्यायमा भनिएको छ, ‘जो जति छलकपट गर्न सक्छ, ऊ त्यति नै व्यवहारकुशल मानिन्छ ।’ ‘कलियुग’मा ब्राह्मण र जोगीहरुको चरित्र चित्रण गर्दै भनिएको छ, जो जति बढी दम्भ र पाखण्ड देखाउन सक्छ, ऊ त्यति नै ठूलो साधु ठहरिन्छ ।…. ब्राह्मणको पहिचान उसको गुण-स्वभावबाट होइन, यज्ञ, वस्त्र, दण्ड कमण्डलु, आदिबाट हुन्छ ।’ लुटेरा र महाराजा उस्तै उस्तै श्रीमद्भागवतमा कलियुगका राजाको समेत चर्को आलोचना गरिएको छ । ‘त्यसबेलाको नीच राजा अत्यन्त निर्दयी एवं क्रुर हुन्छ’ भागवत भन्छ, ‘लोभी त यति हुन्छ कि ऊ र लुटेरामा केही फरक छुट्याउन सकिँदैन । प्रजाको सम्पति र श्रीमतीसमेत खोसेर लिन्छ । ऊसित डराएर जनता जंगलतिर भाग्छन् । प्रजाहरु अत्यन्त दुखी हुन्छन्, भोक प्यासले छटपटाउन थाल्छन् ।’ कलियुगमा धर्म पाखण्डमा परिणत हुने भागवतमा उल्लेख छ । ‘धर्ममा पाखण्डको प्रधानता हुन्छ,’ भागवतमा स्पष्टसित भनिएको छ, ‘राजा-महाराजा डाकू र लुटेरासरह हुन्छन् ।’

Category:

0 comments