Home �
News
� आफनै छात्रालाइ घुमाउने भन्दै अभद्र व्यवहार गरेपछि!
Unknown |
01:33 |
0
comments
आफनै छात्रालाइ घुमाउने भन्दै अभद्र व्यवहार गरेपछि!
November 25, 2014
रौतहट, मंसीर ९ – छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा स्थानीय यमुनामाइ झुनखुन्वा माविका विज्ञान शिक्षक जयचन्द्र यादवलाई विद्यार्थी, अभिभावकद्वारा कुटपिट पछि स्थानीय प्रशासनबाट मुद्दासमेत चलाइएको घटना सेलाउन नपाउँदै त्यस्तै प्रकारको आरोपमा एकैपटक तीनजना शिक्षकलाई कारयवाही गरिएको छ ।
आफ्नै विद्यालयकी छात्रालाई घुमाउने मावि प्रेमपुर गोनाहीका लेखापाल अरबिन्द यादव, शिक्षक धिरेन्द्र साहलाई विद्यालयबाट अवकास दिने निर्णय गरिएको छ भने उक्त कार्यमा अप्रत्यक्ष संलग्नता रहेका शिक्षक अनिल यादवलाई सरुवा गर्ने निर्णय गरिएको छ ।
गत शनिवार विद्यालयमा बसेको अभिभावक भेलाले तीनैजना शिक्षकहरुलाई दोषी ठहर गरी उक्त निर्णय गरेका हुन् । आफ्नै विद्यालयमा कक्षा ७ मा अध्ययनरत ठाकुर थरकी एक छात्रालाई गत शुक्रबार पढ्न आएको बेला लेखापाल यादवले बाहिर घुमाउन लगेका थिए । छात्राका अभिभावकद्वारा घटनाबारे आवाज उठाएपछि आरोपी शिक्षक यादवले भोलीपल्ट शनिबार छात्रालाई उसको घरसम्म पुर्याएको स्थानीय विद्यार्थीहरुले बताएका छन ।
विद्यालयमा आउने छात्रालाई पटक–पटक जिस्काउने, अभद्र व्यवहार गर्ने गरेका आरोपी तीनै जनालाई स्थानीय भद्रभलाद्मी, अभिभावक र प्रधानाध्यापक रामएकवाल यादवसहितको बैठकले उक्त कारवाहीको निर्णय गरेका हुन् । लेखापाल यादव र पिसिएफ कोटामा खटिरहेका शिक्षक धिरेन्द्र साहलाई अवकास दिने र उनका सहयोगी अर्का शिक्षक राहत दरबन्दीमा खटिरहेका अनिल यादवलाई अन्यत्र सरुवा गर्ने भेलाबाट निर्णय गरिएको प्रधानाध्यापक यादवले जानकारी गराएका छन् । नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष राममंगल यादवले घटनाको छानबिन गरी दोषीमाथी कडा कारवाही गर्नुपर्ने बताए । जिल्ला शिक्षा अधिकारी नगेन्द्रराज पौडेलले घटना अति नै निन्दनीय रहेको बताए ।
कुनै पनि विद्यालयका शिक्षक अथवा शैक्षिक संस्थामा आबद्ध कर्मचारीले त्यस प्रकारको दुस्साहस गर्नु जघन्य अपराघ भएकाले घटनालाई वास्तविक छानबीन गरी दोषी तीनैजना लाई कारवाहीको दायरामा ल्याउने अधिकारी पौडेलले प्रतिवद्धता व्यक्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले अभियुक्तहरुलाई कडा कारवाही गर्न जिशिअ पौडेललाई सल्लाह दिने बताए ।
|
Category:
News
0 comments