Hindi Films

मोदी यसरि आउदै छन् नेपाल !

Unknown | 00:34 | 0 comments

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विशेष विमानमार्फत अपरान्ह दुईदेखि साढे तीन बजेको बीचमा काठमाडौं ओर्लिने कार्यक्रम छ। मोदीसँगै चारवटा विमान दिल्लीबाट काठमाडौं आउने छन्। मोदीको विशेष विमानभन्दा पहिले एउटा जहाज मोदी चढ्ने बुलेट प्रुफ कारसहित अन्य सुरक्षा उपकरण लिएर काठमाडौं अवतरण गर्नेछ। मोदी चढेको विमानलाई आकासमा स्कर्टिङ गर्दै दुईवटा विमान काठमाडौं विमानस्थलमा आउनेछन्। त्यसमा भारतीय सेना रहनेछन्। जहाजबाट उत्रेपछि विमानस्थलमा विशेष स्वागत हुनेछ। सरकारको तर्फबाट उपप्रधानमन्त्री वामदेव गौतले स्वागत गर्नेछन् मङ्गल धुनसँगै नेपालको राष्ट्रिय गीत र सम्वन्धित देशको राष्ट्रिय गीत बजाएर नेपाली सेनाले विशेष सम्मान तथा सलामी दिनेछ। त्यसपछि कार्गेटमा विशेष स्कर्टिङसहित सोल्टी होटेल पुर्‍याइने छ। विमानस्थलदेखि सोल्टी होटलसम्म सडकमा विशिष्ट पाहुनाको विशेष स्वागत हुनेछ। उनको विशेष सवारीका लागि सडक खाली गरिसकिएको छ। सोल्टी होटेलमा पुग्ने राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुलाई शिक्षामन्त्री चित्रालेखा यादव र उर्जामन्त्री राधा ज्ञवाली रहेका छन्। विमानस्थलदेखि सोल्टी होटलसम्मको सवारी मार्गका विभिन्न भागमा नेपालका विविध जाति र समुदायले आआफ्नो वेशभूषा झल्किने परम्परागत पहिरनमा विशिष्ट अतिथिको मुलुकका राष्ट्रिय झन्डा फहराउनका साथै परम्परागत बाजा बजाएर उहाँहरूको स्वागत –अभिवादन गरिने भएको छ। विमानस्थलबाट सरकार तथा राष्ट्रप्रमुखलाई सोल्टी लैजादा सेनाको हेलिकोप्टरले हवाइ गस्ती गरिएको छ। सडकमा सुरक्षा व्यवस्थालाई निकै कडा पारिएको छ। भिभिआइपी सवारीका बेला विमानस्थलदेखि सोल्टीसम्मको सडकलाई पुरै खालि गरिएको छ। राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुको आगमनलाई ध्यानमा राखेर मंगलबार बिहान नौ बजेदेखि बेलुका पाँचबजेसम्म त्रिभुवन विमानस्थलमार्फत हुने अरु नियमित तथा अवतरण उडान स्थगित गरिएका छन्।

Category:

0 comments