Hindi Films

यौनसुख वैवाहिक जीवनको मेरुदण्ड नै हो। सुमधुर यौनसम्बन्ध हुन यी कुराको जानकारी भएमा धेरै राम्रो!

Unknown | 03:57 | 0 comments

यौनसुख वैवाहिक जीवनको मेरुदण्ड नै हो। सुमधुर यौनसम्बन्ध हुन यी कुराको जानकारी भएमा धेरै राम्रो!
यौनसुख यौनसुख वैवाहिक जीवनको मेरुदण्ड नै हो। यसको लागि सुमधुर यौनसम्बन्ध हुनु आवश्यक छ। यौनसम्पर्क भएपछि गर्भ रहनु स्वाभाविक हो, तर कतिपय दम्पतीलाई गर्भावस्थामा यौनसम्पर्क राख्नु हुन्छ वा हुन्न भन्ने थाहा नै हुँदैन र धेरै चिन्तामा परिरहेका हुन्छन्। महिला वा गर्भको शिशुलाई केही नकारात्मक असर पर्ला कि भन्ने चिन्ता हुनु स्वाभाविकै हो। तर यस प्रश्नको जवाफ दम्पतीले सजिलै पाएका हुँदैनन्। किनकि यसबारे पहिले त सोध्न नै शंकोच मान्ने गरिन्छ र नसोधी कसैले यसबारेमा भनिदिंदैन। चिकित्सा क्षेत्रमा लागेका कतिपय व्यक्तिलाई पनि यौनसम्बन्धी कुरा गर्न असजिलो लाग्ने भएकोले आफूकहाँ सेवा लिन आउने व्यक्तिलाई खुलस्त तथा पर्याप्त मात्रामा जानकारी दिंदैनन्। त्यसैले उचित जानकारीविना चिन्ता लिएर बस्नुपर्ने बाध्यता हुन्छ। यो पक्कै हो कि गर्भमा भएको बच्चालाई हानि पुग्छ कि भन्ने भय वा गर्भवती आमालाई केही असर पर्ला कि भन्ने डरले यौनसम्पर्क तथा यौनसुख प्राप्तिमा नै नकारात्मक प्रभाव पर्दछ। गर्भवती हुँदा महिलाको शरीरमा निकै परिवर्तन आउँछ। गर्भावस्थामा यी शारीरिक परिवर्तनहरुको साथसाथै महिलाको यौनिकतामा पनि परिवर्तनहरु देखिन सक्छन्। कसैमा यौनइच्छा बढ्न सक्छ भने कसैमा कम हुन सक्छ। एकै महिलामा पनि गर्भावस्थाको विभिन्न चरणमा यौनइच्छा कम वा बढी हुन सक्छ। गर्भावस्थाका सुरुका केही महिना, त्यसमा पनि सुरुका तीन महिनामा वाकवाकी लाग्ने, स्तनमा हल्का दुखाइ रहने तथा थकाइ लाग्नेजस्ता समस्या हुने भएकाले अरु बेलाभन्दा यस बेला यौनसम्पर्कमा कम रुचि हुन सक्छ। त्यसपछिका महिनामा धेरै महिलाहरुमा तुलनात्मक रुपमा यौनसम्पर्कको रुचि पुनः तीव्र भएर आउन सक्छ। यौनांग बढेको कुरा कतिपय महिलाको लागि सकारात्मक हुन सक्छ भने केही महिलाका लागि अलि असहज लाग्न सक्छ। गर्भावस्थाको शारीरिक असजिलोपना , वाकवाकीजस्ता कुराले होस् वा स्तनमा स्पर्श गर्दा दुखेजस्तो अनुभव हुने कारणले होस्, कतिपय महिलालाई यौनसम्पर्कमा केही अरुचिजस्तो वा आनन्द लिन नसकेको जस्तो अनुभव हुन सक्छ। कतिपयले गर्भावस्थामा सुन्दरतामा कमी आएको वा कम आकर्षक भएको अनुभव गर्ने गर्छन्, जसको नकारात्मक प्रभाव यौनसम्बन्धमा पर्न सक्छ। वास्तवमा कुरा त्यसो होइन। आफ्नी श्रीमती एक माया गर्ने पुरुष वा श्रीमान्को लागि गर्भावस्थामा पनि त्यत्ति नै सुन्दर र आकर्षक लाग्छिन्। स्वस्थ गर्भावस्थामा गर्भ रहन सुरु भएदेखि शिशु जन्मने प्रक्रिया (प्रस्रव) सुरु हुने बेलासम्म यौनसम्पर्क राख्न सकिन्छ। पाठेघरको मुखमा लिंगले धक्का पुर्याउँदा वा महिलाले चरमसुख पाउँदा पाठेघर खुम्चने (contraction), गर्भेशिशुलाई छोपेर राख्ने झिल्ली च्यातिन गई संक्रमण हुन सक्ने तथा यौनसम्पर्क गर्न अप्ठयारो हुने भएकोले यौनसम्पर्क राख्नु त्यति उचित नभएको भन्ने गरिए पनि कतिपय विशेषज्ञहरु यसमा खास वैज्ञानिक आधार नभएको बताउँछन्। तर मुख्य कुरा के हो भने स्वस्थ गर्भावस्थामा यौनसम्पर्क राख्नलाई कुनै बन्देज छैन र आफ्ना यौन क्रियाकलापलाई सुचारु रुपमा अगाडि बढाउन सकिन्छ। सामान्य गर्भावस्थामा यौनसम्पर्क गर्दा बच्चालाई हानि पुग्दैन। पाठेघरको मुखमा भएको बाक्लो श्लेष्म (mucus) ले संक्रमणलाई पनि सजिलै भित्र जान दिँदैन। पाठेघरको बाक्लो मांसपेशीभित्र विशेष तरल पदार्थ एम्नियोटिक फ्ल्युड (amniotic fluid) मा शिशु एक किसिमले तैरिरहेको अवस्थामा रहने भएको हुनाले बाहिरको धक्काको नकारात्मक असर सामान्यतया शिशुमा पुग्दैन। चरमसुखको कुराकतिपय महिलाले आफ्ना श्रीमान्लाई चरमसुखमा पुर्याउने दृष्टिकोणले मात्र यौनसम्पर्क राख्ने गरेको पनि भनिन्छ। तर गर्भवती महिलाको लागि पनि चरमसुख प्राप्त गर्नु महत्त्वको कुरा हो। भगाड्ढुर र योनि दुवै बढी यौनसंवेदनशील हुने भएको हुनाले चरमसुख प्राप्त गर्न सजिलो हुन्छ। गर्भावस्थामा विकसित हुँदै गरेको शिशुले चरमसुखको बेलामा पुग्दा आमाको मुटुको तीव्र गतिको प्रभाव महसुस गरे पनि आफ्ना बुबा-आमाले के गर्दै छन्, ठयाक्कै त थाहा पाउने कुरा भएन। तर चरमसुखको बेला आमाको शरीरमा निस्केको आनन्द दिने हर्मोनको असर उसमा पनि सकारात्मक रुपमा नै पर्छ। तर चिकित्सक वा गर्भावस्थाको परीक्षण गरिरहेकी नर्ससँग यौनसम्पर्क राख्न हुने वा नहुने वा कुनै विशेष सावधानी अपनाउनुपर्ने स्थिति छ वा छैन भनेर सोध्नु जरुरी छ। सम्पर्क नराख्ने अवस्थासामान्यतया धेरैजसो गर्भावस्था स्वस्थ नै हुने भएकोले यौनसम्पर्क राख्न परहेज गर्नु नपरे पनि केही परिस्थितिमा भने परहेज गर्नुपर्ने हुन सक्छ। यसमध्ये केहीको लक्षण आफैंले थाहा पाउन सकिने किसिमको हुन्छ भने केहीको लागि चिकित्सक वा नर्सको सहयोग आवश्यक पर्न जान्छ। गर्भपरीक्षणका सिलसिलामा कुनै यस्तो अवस्था छ वा छैन, पक्कै पनि उनीहरूले भन्छन्। त्यही पनि जानकारीको लागि केही उल्लेख गर्नु सान्दर्भिक हुन सक्छ। गर्भावस्थामा योनिरक्तश्राव भएमा यौनसम्पर्क राख्नबाट परहेज गर्नुपर्छ र यसको कारण थाहा पाउन तुरुन्तै चिकित्सकको सहयोग लिनुपर्छ। त्यसैगरी पाठेघरमा विकसित भइरहेको शिशु एक विशेष तरल पदार्थमा तैरिरहेको अवस्थामा हुन्छ। सो तरल पदार्थ चुहिएमा पनि यौनसम्पर्क गर्नु हुँदैन। पहिलेको गर्भ तुहिएको भए वा अहिलेको गर्भ तुहिने सम्भावना भए पनि यौनसम्पर्कमा परहेज गर्नुपर्छ। कतिपय महिलाको गर्भको समय पुग्नुभन्दा पहिले नै प्रस्रवको बेथा लाग्न सक्छ। यसरी समय पुग्नुभन्दा पहिले नै बेथा लागेको इतिहास भए वा अहिले पनि समयभन्दा पहिले नै बेथा लागेको लक्षण देखिएमा वा सम्भावना भएमा यौनसम्पर्क गर्नु हुँदैन। सामान्यतया धेरैजसो स्थितिमा ‘साल’ पाठेघरको माथितिरको भागमा हुने गर्छ। कहिलेकाहीँ साल तलतिरको भागमा अर्थात् पाठेघरको मुखतिर पनि हुन सक्छ। त्यसो भएमा यौनसम्पर्क राख्न परहेज गर्नुपर्ने हुन्छ। सामान्यतः प्रस्रवको बेथा नलागेसम्म पाठेघरको मुख एकदमै राम्ररी बन्द अवस्थामा हुन्छ। तर पाठेघरको मुख कमजोर वा समयभन्दा पहिले नै खुल्ने सम्भावना भएमा पनि यौनसम्पर्क राख्नु हुँदैन। त्यसैगरी जुम्ल्याहा, तिम्ल्याहा वा सोभन्दा बढी शिशुहरूसहितको गर्भ रहेमा पनि विशेष गरेर गर्भावस्थाको पछिल्लो समयमा यौनसम्पर्क राख्नबाट परहेज गर्नुपर्ने हुन सक्छ। अनि अर्को कुरा, यदि दम्पतीमध्ये कसैलाई यौनरोग भएको आशंका छ भने त्यसको राम्रो निदान र सम्पूर्ण उपचार नगराएसम्म यौनसम्पर्कबाट परहेज गर्नु उचित हुन्छ। संक्रमण एक-अर्कामा नसरोस् भन्नका लागि कन्डमको नियमित प्रयोग आवश्यक हुन्छ। गर्भावस्थामा यौनसम्पर्कको महत्त्व यौनसम्पर्कको एक पाटो यौनसुख प्राप्त गर्नु वा चरमसुख लिनु हो। यसको सकारात्मक प्रभाव त पर्छ नै। गर्भावस्थामा यौनांगवरिपरि रक्तबहाव ज्यादा हुने भएकोले तथा पूर्ण नारित्वको अनुभव गर्ने तथा आफ्नो शरीरप्रति बढी जानकारी तथा चासो राख्ने भएकोले अझै बढी यौनइच्छा हुने र सो अनुरुपको नै यौनआनन्द उठाउने गरेको पाइएका घटनाहरू पनि प्रशस्तै छन्। यौनसम्पर्कको निरन्तरताको अर्को पनि महत्त्वपूर्ण पक्ष छ। यदि गर्भ रहेको कारणले यौनसम्पर्क नै नराखिंदा पति-पत्नीको बीचको सामीप्यताको बाटो कमजोर हुन सक्ने अनि दूरी बढ्ने क्रमको सुरुआत हुने सम्भावना हुन्छ। त्यसैले यस बेला दम्पतीबीचको सम्बन्ध सुमधुर बनाइराख्न दुवै जनाबीच एक-आपसमा कुराकानीको आवश्यकता पर्छ। अन्य बेलामा जस्तै गर्भावस्थामा पनि यौन क्रियाकलाप शारीरिक सामीप्यताको लागि मात्र नभई भावनात्मक सामीप्यताको निरन्तरताका लागि निकै सहयोगी हुन सक्छ। नेपाली समाजमा पुरुषहरूलाई गर्भ, प्रस्रव, सुत्केरी वा शिशुको हेरचाहजस्ता कुराबाट टाढै राख्ने गरिन्छ। यौन क्रियाकलापमा दुवैको संलग्नताले गर्भावस्थामा महिलाको शरीर तथा भावनालाई बुझ्ने अवसर पुरुष वा श्रीमान्लाई प्राप्त हुन्छ। यौनसम्पर्ककै कुरा गर्दा पहिले परम्परागत एकैनासे रुपमा यौनसम्पर्क भइरहेको भए यो अवसरमा नयाँ तरिका वा आसनहरुको बारेमा अन्वेषण गर्न तथा सिक्न सकिन्छ। यस्ता कुराले सुत्केरीपछिको यौनजीवनमा पनि सकारात्मक असर पार्छ। सो अनुसार नै आफूलाई ढाल्न सकेमा दम्पतीबीचको सम्बन्ध सुमधुर बनाउन, एक अर्कामा समीप हुन तथा बुझ्न मद्दत मिल्छ। यौनसम्पर्कबाट प्राप्त हुने चरमसुखका कारण पाठेघर तथा यौनांग क्षेत्रको मांसपेशीको कसरत हुन गई बलियो हुने अर्को थरीको तर्क पनि छ। विशेष सावधानीयौनसम्पर्क परहेज गर्नुपर्ने र यौनरोगजस्ता संक्रमणबाट बच्नुपर्ने कुरादेखि बाहेक अरु बेलाको भन्दा गर्भावस्थामा यौनसम्पर्क राख्दाको आसनहरूको बारेमा विशेष ख्याल राख्नुपर्छ। अन्य बेलाको भन्दा गर्भावस्थामा केही आसनहरू महिलाका लागि बढी सजिला हुन सक्छन्। यसको लागि पुरुष -श्रीमान्)को सहयोगको पनि त्यति नै आवश्यकता छ। कुन आसन सबैभन्दा उपयुक्त हुन्छ, यो कुरा आफैंले प्रयोग गरेर पत्ता लगाउनु नै सबैभन्दा राम्रो उपाय हो। कुनै पनि प्रयोगपछि आफ्नी श्रीमती -साथी)सँग उनको अनुभवबारे कुरा गर्नुपर्छ। गर्भावस्थाको परिवर्तनलाई ध्यानमा राखेर मात्र पुरुष -श्रीमान्)ले महिला -श्रीमती)सँग यौन क्रियाकलापमा संलग्न हनु उपयुक्त हुन्छ, ताकि कुनै शारीरिक वा भावनात्मक चोट नलागोस्। कुनै कुरामा द्विविधा भएमा एक-आपसमा कुराकानी गरिहाल्नुपर्छ। आवस्यक पर्दा चिकित्सकको सल्लाह लिन पटक्कै हिचकिचाउनु हुँदैन। त्यसैगरी गर्भपरीक्षणमा संलग्न चिकित्सक, नर्स वा अन्य स्वास्थ्यकर्मीले पनि यस्ता कुरा सोध्न सक्ने वातावरण बनाइदिनुपर्छ वा पहल गरिदिनुपर्छ। कतिपय स्थितिमा वैज्ञानिक तथ्यलाई सामाजिक मूल्य-मान्यतासँग नमिसाइदिन विशेष सजग हुनुपर्छ। चिकित्सा क्षेत्रका व्यक्तिले भनेका सामाजिक मूल्य-मान्यताका कुरालाई वैज्ञानिक तथ्य ठान्ने सम्भावना धेरै नै छ भन्ने कुरालाई पनि बिर्सनु हुन्न।

Category:

0 comments