Home �
News
� काठमाडौंमा हात मिले लगत्तै पाकिस्तानले ४० भारतीय बन्दीलाई छोड्यो
Unknown |
05:23 |
0
comments
|
 |

इस्लामावाद : पाकिस्तानले ४० जना भारतीय बन्दी रिहा गरेको छ। रिहा हुनेमा माछा मार्ने पेसा अंगाल्ने व्यक्ति (माझी) ३५ जना र नागरिक बन्दी ५ जना रहेका छन।
हालैका दिनमा भारत र पाकिस्तानको सीमा क्षेत्रमा जारी रहेको तनावकाबीच पाकिस्तानले गरेको यस रिहाइलाई दुई देशबीचको सम्बन्ध सुधारमा केही सहजता थपिएको महसुश गरिएको छ नेपालको राजधानी काठमाडौंमा बिहीबार सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, सार्कको १८ औं शिखर सम्मेलनका क्रममा भारत र पाकिस्तानका प्रधानमन्त्रीले वार्ता भने गरेनन्।
तर निकै लामो समयदेखि प्रतिक्षा गरिएको सो क्षणको तुलनामा यी दुई देशका प्रधानमन्त्रीले हात मिलाएका थिए। उनीहरुले वार्ता नगरेपनि निकै चाखपूर्णरुपमा हात मिलाएका थिए।
दुईजनाले हात मिलाएको त्यस क्षण दक्षिण एसियाका सञ्चारमाध्यमको ठूलो समाचार बनेको थियो। सोही समाचारको भोलिपल्ट आज नै पाकिस्तानले गरेको बन्दी रिहाईको समाचारलाई अर्थपूर्ण रुपमा लिइएको छ।
भारत र पाकिस्तानले विभिन्न समयमा दुवै तर्फका मछुवाहरु पक्राउ गर्ने गर्छन्। कतिपय ती मछुवाहरुलाई समुद्रमा आफ्नो तर्फको सीमाना पनि थाहा हुदैन । जसले गर्दा उनीहरु पक्राउ पर्ने गर्छन् ।
पाकिस्तान सरकारले कराँची सहरमा रहेका माझी र अर्का एकजना नागरिकलाई पनि आज रिहा गरेको हो। सो समाचारलाई दुई देशको सम्बन्धसँग जोडेर प्रचार गरिएको छ । एजेन्सी
|
 |
Category:
News
0 comments