Hindi Films

इन्दिरा जोशी भन्छिन,:‘कालो–गोरे, केही भन्दिनँ म तर दाइजो माग्नेसँग बिहे गर्दिन ….’

Unknown | 04:07 | 0 comments

‘चोली गायिका’ को रुपमा परिचित इन्दिरा जोशी जब स्टेजमा उक्लिन्छिन्,दर्शकको भीड थामिनसक्नु हुन्छ । गाउने मात्र होइन उनी गीतको तालमा कम्मर मर्काउँदै दर्शकलाई मनोरञ्जन दिन खप्पिस छिन् । यी ‘आइटम’ गायिकाले हालै दाइजो प्रथाविरुद्द गाएका गीत निकै हिट भएको छ । नेपाली समाजमा रहेको दाइजो प्रथा र त्यसकै कारण महिलामाथि बढ्दै गएको हिंसाबारे तयार भएको गीतको भिडियो सोमबार साँझ सार्वजनिक भयो । गायकी आफ्नै ठाउँमा होला तर इन्दिरा आफू पनि दाइजो माग्ने केटासँग पटक्कै बिहे नगर्ने सोचाइमा छिन् । उनले आफूले दाइजो नलिने हिरोसँग बिहे गर्न चाहेको बताइन् । ‘केटीको सम्पत्ति भनेकै उसको शिक्षा–दिक्षा र संस्कार हो । यति भएपछि दाइजो किन ?’ उनको तर्क छ । गोल्डेन गेट कलेजमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत अविवाहित इन्दिरा मन परेको असल केटासँग बिहे गर्ने रहर भएको बताउँछिन् । उनले आफ्नो लाइफमा पनि हिरोको इन्ट्रि बाँकी नै रहेको खुलासा गरिन् । आजको नागरिक दैनिकमा खबर छ ।

Category:

0 comments