Hindi Films

तपाईलाई कसैले प्रेम गर्छ भन्ने यसरी थाहा पाउनुहोस्

Unknown | 04:30 | 0 comments

काठमाडौं । कसैले कसैलाई प्रेम गर्छ भन्ने कुरा थाहा पाउन जति सजिलो छ त्यति नै गाह्रो पनि । अझ पुरुषको प्रेममा धेरै महिलालाई विश्वास नहुने हुन्छ । पुरुषहरु मोजमस्ती गर्ने, निस्कने, उपायोग गर्ने र छोड्ने पुरुषहरुको बानीका कारण पनि महिलाहरुलाई झस्काउँछ । त्यसले पुरुषले साँचो प्रेम गर्छ कि गर्दैन भन्ने कुरा जान्न कठिन हुन्छ । तर, केही मनोवैज्ञानिक कुराले त्यसको संकेत गर्छ । -कसैले तपाईलाई कुनै बाहानामा स्पर्श गर्न खोज्छ र तपाईलाई देख्दा लजाइरहेको हुन्छ भने उसले तपाईलाई मनमनै माया गरिरहेको हुन्छ । कहिलेकाँही पुरुषहरु महिलाको नक्कल गरिरहेका हुन्छन् । यो माया अभिव्यक्त गर्ने एउटा तरिका हो । तपाई कसैलाई मन पराउनुहुन्छ भने उजस्तै बन्ने कोशिस गर्नुहोस् । -मायाँ गर्ने पुरुष तपाईलाई देखेपछि मुसुक्क हाँस्ने गर्छ । कोही महिलालाई माया गर्छ भने त्यसले मिठो मुस्कानको उपहार दिने गर्छ नै । कसैले यसरी तपाईको अगाडि आएर मुस्कान दिन्छ भने बुझ्नुहोला उसको मनभित्र लड्डु फुटिरहेको छ । -कुनै पुरुषले तपाईको अगाडि आएपछि घरीघरी कम्बरमा हात राख्छ भने यसको सिधा अर्थ तपाईलाई माया गर्छ भन्ने हुन्छ । ऊ निकै आत्मविश्वासी पनि छ । -यदी तपाईसँग कुनै केटाले नजर झुकाएर कुरा गर्छ र कोही पुरुषले तपाईतर्फ टाउको निहुराएर कुरा गर्छ र बोलेको कुरा ध्यानपूर्वक सुनिरहेको छ भने त्यो पुरुषले तपाईलाई मन पराउँछ ।

Category:

0 comments