Hindi Films

रक्सी खाएर गाडी चलाएको पुष्टीः सलमान जेल जान सक्ने

Unknown | 03:45 | 0 comments

बलिउड अभिनेता सलमान खानले रक्सी खाएर गाडी चलाएको पुष्टी भएको छ । १२ वर्ष अघि मुम्बइको एक सडकमा गाडी चलाउँदा सलमानले चलाएको गाडीले हानेर १ जनाको मृत्यु भएको मुद्धाको सुनुवाइका क्रममा उनले रक्सी खाएर गाडी चलाएको पुष्टी भएको हो । सलमानमाथि १२ वर्ष अघिको घटना सम्बन्धि मुद्धामा बुधबार सुनुवाइ भएको थियो । सलमान खानमाथि १२ वर्ष अघि मुम्बइको फुटपातमा कारले एक ब्यक्तिलाई हानेको र उनको मृत्यु भएपछि भागेको आरोप लागेको छ । १ जनाको मृत्यु र ४ जना घाइते भएको उक्क घटना सम्बन्धि मुद्धा अहिले पनि चलिहरेको छ । मुद्धामा दोषी ठहर भएमा सलमान जेल जान सक्छन् । source:nepaliheadlines

Category:

0 comments