Home �
News
� ८ वर्षे बालकको सिनेमाले पायो युनिभर्सल प्रमाणपत्र
Unknown |
03:39 |
0
comments
|
८ वर्षिय बालक सौगात विष्टले निर्देशन गरेको नेपाली सिनेमा ‘लब यू बाबा’ले यूनिभर्शल प्रमाणपत्र पाएको छ। सिनेमाको मंगलबार सेन्सर गरिएको हो। सिनेमा हेरेपछि सेन्सर बोर्डका सबै सदस्यहरू रोएको दाबी निर्माता तथा कलाकार समेत रहेका सौगातका बाबु गजित विष्टले गरेका छन्।
त्यसै गरि गजितले दिएको जानकारी अनुसार सिनेमा सेन्सर बोर्डका सदस्यहरूले सौगातको कामको तारिफ गर्दै बधाई दिएको बताए।
आगामी मंसिर २६ गते रिलिज हुन लागेको यस सिनेमामा बाबुछोरीको सम्बन्धको कथा छ। सिनेमामा सौगातका बाबु गजित विष्ट तथा दिदी संगम विष्टको मुख्य भूमिका रहेको छ। उनीहरूका अलावा सिनेमामा निष्मा घिमिरे, अशिष्मा नकर्मी, निर्मल शर्मा पनि छन्।
८ वर्षीय बालकले नेपाली सिनेमा निर्देशन गर्ने कुरा बजारमा आएदेखि नै सौगात चर्चामा रहेका छन। सुरूमा उनको यो कुरालाई धेरैले नपत्याए तापनि उनको सुटिङ हेरेपछी धेरैको मुख बन्द भएको थियो।
सबै कुरा प्रक्रिया अनुसार भएमा उनले भारतका ९ वर्षीय बालक किशन श्रीशान्तले बनाएको विश्वकै सबैभन्दा कान्छो निर्देशकको ताज खोस्ने छन्। किशनले उक्त सिनेमा सन् २००६ मा रिलिज भएको थियो।
source: setopati
Category:
News
0 comments