Hindi Films

कन्जुस सलमानले कसरि गरे प्रसंसा ?

Unknown | 03:58 | 0 comments

मुम्बई । अर्काको प्रसंसा गर्ने मामिलामा कन्जुस मानिने अभिनेता सलमान खानले प्रदर्शोन्मुख फिल्म ‘बदलापुर’ मा नवोदित अभिनेता बरुण धवनको काफी प्रसंसा गरेका छन् । सलमानले वरुणको प्रसंसा गरे लगत्तै उनको विषयमा टिका टिप्पणी समेत गरेका छन् केही चलचित्रकर्मीले । प्राय फिल्ममा हाँस्य एवं रोमान्टिक भुमिकामा प्रस्तुत हुँदै आएका बरुण यस फिल्ममा एक्सन स्टारका रुपमा देखिएका छन् ।
४८ वषिर्य सलमानले ट्वीट गर्दै भनेका छन् ‘वाह यार कमाल गरेका छन् बरुणले । बदलापुरमा अलग प्रयाश । धेरैको रेकर्ड तोडन सक्छौ तिमीले चाँडै । म तिम्रो कामदेखी असाध्यै खुसी छु ।’ श्रीराम राघवनद्धारा निर्देशित फिल्मको टिजर अनलाइनवाट प्रशारण भएपछि राम्रै प्रतिक्रिया पाएको छ टिजरले । सलमान हत्तपत्त कसैको प्रसंसा गर्दैनन् । सलमानको पछिल्लो शैलिले केही निर्देशलाई अचम्मित तुल्याएको छ । त्यसो त उनको स्टाटस पढेर वरुणले पनि ‘किकस्टार’ भन्दै सलमानलाइ धन्यवाद दिएका छन् । साथै सलमानले सञ्चालन गर्ने कार्यक्रम ‘बिग बोस ८’वाटै फिल्मको प्रचार गर्ने बताएका छन् ।

Category:

0 comments