सुनचाँदीको भाउ दिनका दिन बढ्दै
![]() |
२० मंसिर, काठमाडौं । यस साता सुनचाँदीको भाउ सामान्य वृद्धि देखा पर्यो । साताको पहिलो दिन आइतबार तोलाको ५० हजार ३ सय रुपैयाँमा किनबेच भएको सुन अन्तिम दिन शुक्रबार ५१ हजार ३ सय ५० रुपैयाँ पुग्यो ।

यद्यपी डलर र शेयर बजार यथास्थानमै मजबुत रहेपनि सुनको भाउ न्यूनतम बिन्दूमा पुगेको हुनाले खरिदकर्ता आकषिर्त भई सुनको भाउ चुलिएको हो । हप्ताको अन्तमा यूरोपियन केन्द्रीय बैंकले बाहिर प्रचार चलेअनुसार सुनको स्टक थप नबढाउने स्पष्ट गरेपछि भने भाउमा सामान्य कमी देखा परेको हो ।
आगामी हप्ता पनि सुनको भाउमा सामान्य उतार-चढाव हुने आंकलन गर्न सकिन्छ । यो हप्ता भने चाँदीको भाउमा अन्तर्राष्ट्रिय मूल्य अनुसार क्रमशः वृद्धि भएको छ । आइतबार तोलाको ६ सय ८५ रुपैयाँमा किनबेच भएको चाँदी शुक्रबार ७ सय १० रुपैयाँमा किनबेच हुन पुग्यो ।
![]() |
Category: News
0 comments