Hindi Films

धर्म परिवर्तनको वकालत गर्ने बेलायती राजदूतविरुद्ध दूतावासमा प्रदर्शन

Unknown | 06:08 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं : धर्म परिवर्तनका पक्षमा नेपालस्थित बेलायती राजदूतले गरेको वकालतको विरोधमा शनिबार दिउँसो काठमाडौंस्थित बेलायती दूतावासमा युवाले विरोध प्रदर्शन गरेका छन् । धर्म परिवर्तनको वकालत बन्द गर, धार्मिक निरपेक्षता खारेज गरजस्ता नारा लगाउँदै युवा जमातले दिउँसो तीन बजेदेखि लैनचौरस्थित दूतावास भवनअगाडि विरोध प्रदर्शन गरेको थियो । धर्म परिवर्तनविरुद्धका संगठित हिन्दु युवा संयोजन अभियान नेपालको अगुवाइमा विरोध प्रदर्शन गरिएको हो। बेलायती राजदूत एन्डी स्पाक्र्सले धर्म परिवर्तनको अधिकारलाई सुनिश्चित गर्न सभासद्हरुलाई खुला आग्रह गरेको समाचार शनिबार सार्वजनिक भएपछि आफूहरु विरोध प्रदर्शनका लागि दूतावास भवन आएको अभियन्ता सागर कटवालले अन्नपूर्णसँग बताए । उनले यहाँको धार्मिक पहिचान र सांस्कृतिक मूल्यमाथि विदेशीबाट प्रहार हुन थालेकोले आफूहरु त्यसको विरुद्धमा संगठित भएको बताए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments