Hindi Films

रेखासँग फिल्म खेल्ने चाहना छैन : आर्यन सिग्देल

Unknown | 03:17 | 0 comments

आफ्ना स्थायी दुश्मन कोही पनि नभएको भन्दै नायिका रेखा थापाले सबैसँग चलचित्र खेल्ने चाहना राखेको खबर अनलाइनखबरमा प्रकाशन भएपछि यसले सिने माहोल तताएको छ । एकपछि अर्का नायकसँग दुश्मनी मोल्दै रेखाले सम्बन्ध बिगारेको घटना त कुनै नौलो होइन । चलचित्र ‘कसले चोर्‍यो मेरो मन’ पछि एकसाथ पर्दा शेयर नगरेका आर्यन र रेखा चलचित्र नगरीकै कट्टर दुश्मन मानिन्छन् । तर, रेखाको आज सोचाई बदलिएको छ । नायक निखिल उप्रेतीसँग चलचित्र खेल्ने तयारीमा लागेकी रेखा अब अहिलेका चल्तीका नायक आर्यन सिग्देलसँग पनि चलचित्र खेल्न तयार भएको बताइरहेकी छिन् । रेखाको यो चाहनाका बिषयमा नायक आर्यन सिग्देलले लामो प्रतिक्रिया दिन चाहेनन् । आर्यनले भने–‘मलाई यस्तो बिषयमा लामो प्रतिक्रिया दिनु नै छैन ।’ तर, उनले रेखासँग चलचित्र खेल्ने चाहना आफूलाई नभएको भने बताएका छन् । आर्यनले भने–‘मैले रेखाको बारेमा कहिले पनि मिडियामा केही बोलेको छैन । भोली कथावस्तुमा दुबै जना नभई नहुने बिषय आयो भने स्क्रिन शेयर गर्न सकिएला । तर, रेखासँग नै फिल्म खेल्ने चाहना भने ममा छैन ।’ एकपछि अर्को चलचित्रको व्यापारिक सफलताले आर्यन आज उचाइमा पुगेका छन् । उनले थुप्रै नायिकासँग स्क्रिन साटिरहेका छन् । आर्यनले रेखालाई साथी बनाउने र चलचित्र खेल्ने कुरामा खासै चासो देखाएनन् । यस्ता बिषयमा धेरै बोल्नु भन्दा नबोल्नु नै ठिक हुन्छ भन्ने आर्यनको भनाई छ ।

Category:

0 comments