Hindi Films

श्रीमानको हत्या आरोपमा श्रीमतीसहित ६ जना पक्राउ, ‘श्रीमान मार्न ५० हजार दिएको खुलासा’ (भिडियोसहित)

Unknown | 03:00 | 0 comments

विराटनगर, मंसिर २२ । श्रीमानको हत्यामा संलग्न भएको आरोपमा श्रीमतीसहित ६ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङ केरौन गाविस ६ का छत्रबहादुर कटुवालको हत्या आरोपमा श्रीमती देउमाया कटुवालसहित ६ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अन्य २७ वर्षीया जयबहादुर तिम्सिना, १९ वर्षीया झुमा नेपाल, ५० वर्षीया विष्णुमाया पौडेल, ३० वर्षीया रिता तिम्सिना र २० वर्षीया सुरज लिम्बुलाई सार्वजनिक गरेको हो । गत मंसिर १३ गते बयरवनस्थित ओझा टोल जाने बाटोमा धारिलो हतियार प्रहार गरी कटुवालको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । कटुवाल ११ महिना अघिमात्र मलेसियावाट घर फर्केका थिए । घटनाको अनुसान्धानमा खटिएका इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रुद्रप्रसाद चुडालका अनुसार कटुवालकी श्रीमती देउमायाले श्रीमानको हत्याका लागि झापा जिल्ला महेशपुर १ का सुरज लिम्बु र बयरवन ७ का जयप्रकाश तिम्सिनालाई ५० हजार रुपैयाँ दिएको खुल्न आएको बताए । प्रहरीले घटनामा श्रीमती देउमाया पनि संलग्न भएको पाएपछि क्रियापुत्रीमा बसेको अवस्थामा नै पक्राउ गरी ल्याएको थियो । source: imagekhabar.com

Category:

0 comments