Hindi Films

सुवेदीको आरोपमा संचीता भोली नवलपरासी जाने

Unknown | 03:32 | 0 comments

काठमाण्डौँ । चलचित्र ‘एउटा साथी’ निर्देशन गरेर निर्देशकका रुपमा डेव्यु गरेका संचारकर्मी लक्ष्मण सुबेदीले आफ्नो परीचयको दायरालाई अझ लम्ब्याएका छन् । संचारकर्मीै देखि चलचित्र निर्देशक सम्मको परिचय बनाइसकेका सुवेदीले चलचित्र ‘आरोप’को स्क्रिप्ट लेखेसँगै चलचित्र लेखकको रुपमा नयाँ परिचय थपेका हुन् । सुवेदीले लेखेको आरोपको सोमबार राजधानीको भद्रकालीमा एक कार्यक्रमका बिच शुभ मुहुर्त गरियो । दिलासा क्रियशनको ब्यानरमा तयार हुने चलचित्रलाई अमर ओलीले निर्देशक गर्दै छन् । आरोपमा ‘आरोप’, किशोर खतिवडा र संचिता लुइँटेल मुख्य भुमिकामा देखिँदै छन् । पारिवारिक कारणले लामो समय अभिनय क्षेत्रबाट ओझेल परेकी अभिनेत्री संचिता लुइटेलको आरोपमा विशेष भुमिका रहने निर्माण युनिटले जनाएको छ । दिनेश पाठक र विजय सापकोटाको लगानीमा बन्न लागेको आरोपलाई वीरेन्द्र भट्टले छायांकन गर्दैछन् । मङ्सिर २३ देखि नवलपरासीबाट छायांकन शुरु हुने चलचित्रको कथा कमर्सियल रहेको लेखक सुवेदीले बताए । जसलाई निर्देशक ओलीले न्याय गर्न सक्ने सुवेदीको विश्वास छ । कमेडी , एक्सनसंगै लभ रोमान्स पनि रहने चलचित्रमा किसोर र संचिताका अलावा ‘आरोप’, किशोर खतिवडा र संचिता लुइँटेलसुशील पोखरेल, रश्मी भट्ट, ऋचा थापा, राजन गहतराज, उद्धव गिरी, दिपीका ढकाल, भुमेश्वर भट्टराईलगायतको अभिनय रहनेछ ।

Category:

0 comments