Hindi Films

अमेरिकी राष्ट्रपति ओबामाको प्रेमकहानी अब चलचित्रमा

Unknown | 04:30 | 0 comments

एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामा र प्रथम महिला मिचेल ओबामाको प्रेम कहानीका आधारित चलचित्र बन्ने भएको छ । होमग्रोन पिक्चर्सले निर्माण गर्न लागेको चलचित्रको नाम ‘साउथसाइड विद यू’ रहनेछ । चलचित्रमा सन् १९८९ मा शिकागो साउथ साइडमा चलेको डेटिंगका बेला ओबामाले मिचेललाई आफ्नो प्रेममा पारेको प्रभाव चलचित्रमा देखाइने निर्माताले जनाएका छन् । टीका सम्पटर मिचेलको भूमिकामा र ओबामाको भूमिका निभाउने कलाकारको खोजी भएरहेको छ । ओबामा र मिचेलको तीन वर्षे प्रेमपछि सन् १९९२ मा विवाह भएको थियो । रिचर्ड टैनले निर्देशन गर्ने चलचित्रको पटकथा पनि उनैले लेखेका हुन् । चलचित्रको छायाकंन आउदो जुलाइबाट सुरु हुनेछ । एउटा सफल र जोडदार प्रेम कहानीको उजागर गर्न सो चलचित्र बनाउन लागेको निर्माताले प्रष्ट पारेका छन् ।

Category:

0 comments