Hindi Films

सोनम कपुरको चुनौती, ‘रणवीर कट्रिनाको विवाह असंभव’

Unknown | 11:04 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी । ‘फेसन आइकन’ बलिउड अभिनेत्री सोनम कपुरले पूर्वप्रेमी रणवीर कपुर र कैटरीना कपुरको प्रेमसम्बन्धको कुनै भर नभएको बताएकी छन् । सोनमले सन् २०१५मा रणवीर कैटरीनाको विवाह नहुने दाबी गरेकी हुन् । सोनमको यो दाबीले रणवीरको मन खल्लो हुन सक्छ । कुनै जमानामा सोनम र रणवीरको बि– टाउनमा सम्बन्धको धेरै चर्चा चलेको थियो । जब रणवीरको प्रेमको जादुमा दीपिका पादुकोण लठ्ठ परिन् । त्यसपछि सोनम बाहिरिइन् । सोनमले केही समयअघि करण जौहरको एक कार्यक्रममा रणवीरको विवाह हुनेमा चुनौती समेत दिएकी थिइन् । एक अवार्ड समारोहमा रणवीर– कैटरीनाको विवाह बारे पत्रकारको जिज्ञासामा सोनमले रणवीर प्यार गर्न सार्‍है सिपालु र निपुण मान्छ हुन् । तर विवाहको सवालमा ज्यादै कमजोर रहेको प्रतिक्रिया दिएकी थिइन् । सोनमको यो प्रतिक्रिया कति ठिक वा बेठिक हुने हो । २०१५ को अन्त्यसम्म कुर्नुपर्ने हुन्छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments