Hindi Films

जिस्क्याउने युवकलाई पिट्ने दिदीबहिनीलाई पुरस्कार दिने सरकारी निर्णय स्थगित

Unknown | 12:13 | 0 comments

 

 
pooja-and-aarti
१८ मंसिर, नयाँदिल्ली । जिस्क्याउने तीन युवकलाई कुट्ने दिदीबहिनीलाई पुरस्कार दिने निर्णयबाट हरियाणा सरकार पछि हटेको छ ।
हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरका सल्लाहकार अमित आर्याले पुरस्कार दिने निर्णय स्थगित भएको बीबीसीलाई जानकारी दिएका हुन् । उनका अनुसार उक्त घटना भएको सरकारी बसका चालकलाई सहचालकलाई निलम्बन गर्ने निर्णय पनि फिर्ता लिइएको छ ।
बसमा जिस्क्याएको भन्दै पूजा र आरतीले तीन युवकलाई पेटीले हानेका थिए । घटनाको भिडियो सार्वजनिक भएपछि हरियाणा सरकारले दिदीबहिनीलाई नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको थियो ।
घटनामा संलग्न भन्दै गिरफ्तार तीन अभियुक्त मंगलबार जमानतमा रिहा भएका छन् ।

Category:

0 comments