Hindi Films

४ अर्ब हत्याउन महेश बस्नेतलाई फकाउँदै सुमार्गी कहिले गुण्डु त कहिले मन्त्रालयमा सुमार्गीको बास

Unknown | 14:37 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
December 10, 2014
काठमाडौं,मंसिर २४ – सबैजसो शक्ति केन्द्रलाई आर्थिक प्रलोभनमा पारेर आर्थिक उनन्तीमा चमत्कार गरेका अजय सुमार्गीले बिदेशबाट आएको बेबारिसे ४ अर्ब रुपैयाँ हात पार्न दौडधुप गरिरहेका छन् । नयाँ कम्पनी खोलेर दुई ठूला बैंकमा बेबारिसे अवस्थामा रहेको रकम हत्याउन उनले अहिले शक्तिकेन्द्रहरुमा लबिङ गरिरहेको स्रोतको दाबी छ । केही महिनाअघि नबिल बैंकमा सवा तीन अर्बभन्दा बढी र नेपाल इन्भेस्टमेन्ट बैंकमा पौने १ अर्ब रुपैयाँ कुनै टापु मुलुकबाट जम्मा हुन आएको थियो । तर, दुवै बैंकले खोजी गर्दा सो नामको कम्पनी नै नेपालमा दर्ता भएको भेटिएन् । रकम बेबारिसे भएपछि ती बैंकले राष्ट्र बैंकलाई खवर गरेका थिए । राष्ट्र बैंकले स्रोत नखुलेको र बिना दर्तावाल कम्पनीको नाममा आएको रकम जफत गर्ने प्रक्रिया थालेकै बेला व्यापारी अजय सुमार्गीले उक्त रकम आफ्नो भएको दाबी गरेका थिए । सम्बन्धित बैंकहरुले कुन स्रोतबाट कुन प्रयोजनका लागि आएको हो ? सोबारे खुलाउन भनेपनि सुमार्गीले स्रोत खुलाउन सकेनन् । उक्त रकम बैंकमा त्यतिकै थन्किएर रहेको छ । केही समय चुप बसेपछि अहिले एउटा नयाँ कम्पनी स्थापना गरेर उक्त रकम त्यही कम्पनीको नाममा आएको देखाउने तयारी भइरहेको छ । पुरानो मितिमा सोही नामको कम्पनी दर्ता नहुने भएपछि त्यसका लागि उद्योगमन्त्री महेश बस्नेतलाई उपयोग गर्न थालिएको छ । स्मरणीय छ,यसअघि रातोपाटीले सुमार्गीको विदेशबाट आएको ४ अर्ब रुपैयाँ विभिन्न बैंकमा अलपत्र परेको समाचार प्रकाशित गरेको थियो । यो अभियानमा उद्योग मन्त्री बस्नेतले राम्रै सहयोग र समर्थन गरेको हुँदा त्यो काम चाँडै नै सल्टिने सम्भावना रहेको छ । आजको बुधबार साप्ताहिकमा खबर छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments