Hindi Films

बच्चा जन्माउने वित्तिकै आमाले नै खान खोजेपछि..(तस्विर सहित)

Unknown | 15:39 | 0 comments

एजेन्सी । चीनको ग्वाङ्दोङ प्रान्तस्थित शेन्झेन शहरको एक अस्पतालमा महिलाले बच्चा जन्माउने वित्तिकै आफ्नै बच्चा खान खोजेको खुलासा भएको छ । अस्पतालका अधिकारीहरुले बच्चा खान खोज्ने महिलामाथि अनुसन्धान थालेका छन् । मानसिकरुपमा विरामी भनिएकी ती महिलाले आफ्नै बच्चा खान खोजेपछि नर्सहरुले बचाएका थिए । सुत्केरी ब्याथा लागेपछि पनि सडकमा हिँडिरहेकी ती महिलालाई अस्पताल पुर्‍याइएको थियो । परिवारलाई खवर गर्न खोजिरहेकी नर्स सुत्केरी महिला भएको कोठामा पुग्दा उनले आफ्नै बच्चालाई टोकिरहेको भेटेपछि हतपत खोसेकी थिइन् ।
नर्सले बच्चा खोस्दा पनि ती महिलाले आफ्नो बच्चाको खुट्टा टोक्दै लैजान नदिएको ती नर्सले बताइन् । अस्तालका प्रवक्ताले पनि अस्पतालमा भएको घटना अहिले सम्म कहिल्यै पनि नभएको र निक्कै डरलाग्दो घटना भएको बताए । आफ्नै बच्चाको खुट्टा टोकिरहेकी ती महिलाका दाँत खुट्टाबाट छुटाउन डाक्टरहरुले समेत संघर्ष गर्नु परेको थियो । ती महिला केही हप्ता देखि सडकमै भौंतारिइरहेको र उनलाई परिवारले वेवास्ता गर्दा मानसिकरुपमा विक्षिप्त भएको समेत बताइएको छ । त्यसैकारणले ती महिलाले बच्चा मार्न चाहेको हुन सक्ने अनुमान अस्पतालका अधिकारीहरुले गरेका छन् ।

Category:

0 comments