Hindi Films

भारतीय प्रधानमन्त्री मोदी पत्नीलाई आए देशभरीबाट चिठ्ठी

Unknown | 15:33 | 0 comments

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता बढ्दै गएका बेला उनकी पत्नी पनि अहिले चर्चामा छिन् । उनको बढ्दो लोकप्रियताको अन्दाज हामी देशका कुना कुनाबाट आएका चिठ्ठीले लगाउन सकिन्छ । चिठ्ठीमा मोदी पत्नी जशोदाबेन महिलाका लागि एक आदर्श पेश गरेको भन्दै सम्मान व्यक्त गरिएका छन् । साथै कुनै चिठ्ठीहरुमा उनलाई आफ्नो घर फर्किन निमन्त्रण दिइएको छ । एक अंग्रेजी अखबारका अनुसार जालंधरबाट अनिल के.चोपडाले लेखेका छन् कि भारतीय जनता प्रधानमन्त्री मोदीलाई जस्तै उनकी पत्नी जशोदाबेनलाई गर्छन । भारतका करोडौं महिलाहरुले यसबाट सिक्न सक्नुपर्छ । जशोदाबेनको उंझास्थित घरमा उनका भाई अशोक मोदीका छोरा राकेशले धेरै चिठ्ठीहरु भावुक र प्रेरक रहेका छन् । विवाहपछि मोदी र पत्नी जशोदाबेन लामो समयदेखि अलग्गै बस्दै आएका छन् ।

Category:

0 comments