Hindi Films

पत्नी पोइल गएपछि छोराछोरीको हत्या गरी आत्महत्या

Unknown | 08:21 | 0 comments

फोटो :ताराजुन र उनका छोराछोरीको शवसँगै आफन्‍तको रुवाबासी मोरङ : पत्नी अर्कैसँग हिँडेपछि बिरक्तिएका एक व्यक्तिले दुर्इ छोराछोरीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन् ।मोरङको बेलबारी–२ का ३५ वर्षीय ताराजुन राईले दुर्इ छोराछोरीलाई पासो लाएर हत्या गरेपछि आफूले पनि आइतबार बिहान आत्महत्या गरेका हुन् । उनले तीन वर्षीया छोरी दीपिका र ५ वर्षीय छोरा दीपेन्द्रलाई पासो लगाएर मारेपछि आफू पनि झुन्डिएका थिए । उनले छोराछोरीलाई पासो लाएर मारेपछि आफूले आत्महत्या गरेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर दुर्गा दाहालले बताए । ताराजुन र उनका छोराछोरीको शव आइतबार बिहान झुण्डिएको अवस्थामा भेटिएको थियो । आइतबार बिहान साढे पाँच बजे छोराछोरीलार्इ दिशापिसाव गराउन भन्दै घरबाट निस्केका ३५ वर्षीय ताराजुन राई र उनका छोराछोरीको शव घर नजिकैको लोहोन्द्रा खोलाको बगरस्थित कटेरोमा झुण्डिएको अवस्थामा भेटिएको थियो । ताराजुनकी पत्नी मंसिर ११ गतेदेखि घर छोडेर अर्कैसँग हिँडेको प्रहरीको प्राराम्भीक अनुसन्धानबाट खुलेको छ । मृतक तीनैजनाको शवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमको लागि लगिएको छ । अन्नपूर्ण

Category:

0 comments