Hindi Films

भारतलाई बर्बाद गराइदिने चेतावनी

Unknown | 01:25 | 0 comments

नयाँ दिल्ली, मंसिर २० ( एजेन्सी) – भारतको मुम्बाईमा भएको आतंकवादी हमलाका मुख्य योजनाकार मानिएका हफिज सईदले छिट्टै कस्मीर समस्या हल नगरे भारतलाई बर्बाद गरि दिने चेतावनी दिएका छन् ।
794d265e-76db-4af4-a62c-85af7153d5f2WallpAutoWallpaper2सईदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की दिँदै भनेका छन् ‘कस्मीर विवाद छिट्टै समाधान गरियोस, होइन भने त्यसको परिणाम भोग्नुपर्नेछ ।
जमात उद दावाका अध्यक्ष रहेका सईदले भारतमा तबाही गर्ने धम्की दिएका छन् । उनले लाहौरमा आयोजित दुई दिने कन्फरेन्सलाई सम्बोधन गर्दैै यस्तो धम्की दिएका हुन् । सो कार्यक्रममा उनका पाँच लाखभन्दा धेरै समर्थकले भाग लिएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।
सइदले पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफलाई पनि धम्की दिँदै कस्मीरलाई भारतबाट स्वतन्त्र बनाउनका लागि लडिरहेकाहरुलाई साथ दिने चेतावनी दिएका छन् ।
सईदले आयोजना गरेको सो कार्यक्रमको पाकिस्तानमा व्यापक प्रचार प्रसार भएको र त्यहाँको सरकारले पनि सो कार्यक्रमप्रति समर्थन जनाएको र सो कार्यक्रमका लागि सरकारले नै सुरक्षा उपलब्ध गराएको र ¥यालिमा सहभागिहरुका लागि विशेष तालिम समेत दिएको भारतीय सञ्चारमाध्यमले आरोप लगाएका छन् ।
- See more at: http://www.ratopati.com/2014/12/06/188142.html#sthash.mRMnapJn.vG7wH0O0.dpuf

Category:

0 comments