Home �
News
� मेरो कद घटाए, देशलाई नै घाटाः दाहाल
Unknown |
01:44 |
0
comments
काठमाडौं– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफनो कद घटाउने प्रयास गरेमा त्यो देशलाई नै घाटा हुने बताएका छन्। रिर्पोटस क्लबको साक्षात्कारमा अध्यक्ष दाहालले आफू कद बढाउन र घटाउनका लागि राजनीतिमा नआएको प्रस्टीकरण दिए पनि त्यो प्रयास नगर्न चेतावनी दिएका छन्।
-

म राजनीतिमा कद घटाउन र बढाउन आएको होइन्' दाहालले भने, 'यद्धपी केही मानिसहरु मेरो कद घटाउनका लागि दिनरात मेहनत गरिरहेका छन् तर मेरो कद घटाउनु भनेको देशलाई नै घाटा हो, सबैलाई घाटा हुन्छ। ' आफनो कद घटाउने खेलमा नलाग्न पनि दाहालले चेतावनी दिएका छन्। एक दुई दिन भित्र सहमति हुन नसके माघ ८ मा संविधान नआउने दाहालले प्रस्ट पारेका छन्। 'अब जनतालाई लुकाएर कुरा गर्न हुदैन, एक दुई दिन भित्रै सहमति हुन नसके माघ ८ मा संविधान आउँदैन।' उनले सहमतिका लागि सत्तारुढ दल नेपाली कांग्रेसका सभापति सुशिल कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिम्मेवार नभएको आरोप लगाएका छन्। 'संविधानमा सहमति जुटाउनका लागि पहल गर्नुको सट्टा उहाँहरु संसदीय ब्यवस्थाको जस्तो मोर्चा (२२ दलीय) फुटाउन लाग्नु भएको छ, यो फेरी सम्भव कुरा पनि होइन' दाहालले भने। हिजो १२ बुदेँ समझदारी, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधान निमार्णको क्रममा 'लेफ्ट कर्नर' रहेका कोइराला र ओली नेतृत्वमा आएका कारण नयाँ संविधानमा सहमति जुटन नसकिरहेको उनको भनाई छ । -
मेरो कद घटाए, देशलाई नै घाटाः दाहाल
Category:
News
0 comments