Hindi Films

हातमा यो रेखा टुटेको छ भने जिन्दगीभर हुन्छ तनाव (विस्तारमा)

Unknown | 04:29 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला


जीवनमा प्राप्त हुने सुख दुखको पूर्वानुमान लगाउन हस्तरेखा निक्कै प्रभावकारी हुने हस्तरेखाविदहरु बताउँछन् । हाम्रो हत्केलामा अनेक प्रकारका रेखा हुन्छन् । सबै रेखाको आफ्नै आफ्नै अर्थ हुन्छ । उमेर देखि भाग्य सम्मका कुरा हातका रेखाले बताउने ज्योतिषशास्त्रको दावी छ ।

जीवन रेखा 

हत्केलामा सामान्यतः तीन रेखा हुन्छन् । जीवन रेखा, मस्तिष्क रेखा र हृदय रेखा ।

बुढी औंलाको फेँदमा रहेको शुक्र पर्वतलाई घेर्ने रेखालाई जीवन रेखा भनिन्छ । यो रेखा चोरी औंलाको तल रहेको गुरु पर्वतको आसपास हूँदै हत्केलाको अन्त्यमा हुने मणिबन्द तर्फ जान्छ । यदी तपाइँको जीवन रेखा टुटेको छ भने यसले जीवन भरी दुःख दिन सक्छ ।



अशुभ जीवन रेखा
हत्केलामा हुने जीवन रेखा जस्तो छ जीवन पनि त्यस्तै हुन्छ । यदि यो रेखा एकदम छोंटो छ र अन्य रेखाले काटिएको छ भने यसले जीवनमा दुःख मात्र प्राप्त हुने संकेत गर्छ । जीवन रेखा जति लामो भयो त्यति नै शुभ मानिन्छ ।

यदि मस्तिष्क रेखा (मस्तिष्क रेखा र जीवन रेखा लगभग एकै स्थानबाट प्रारम्भ हुन्छ) । र जीवन रेखाकोबीचमा केही अन्तरको भाग छ भने यस्ता ब्यक्ति विचारशील हुन्छन् । र स्वच्छन्द स्वभावका हुन्छन् ।

त्यस्तै यदि मस्तिष्क रेखा र जीवन रेखाको मध्य भागमा बढी नै अन्तर छ भने यस्ता ब्यक्ति सोंच विचार नगर्ने र लापरवाही ढंगले काम गर्ने हुन्छन् ।



यदि दुवै हातमा जीवन रेखा टुटेको छ भने यस्ता ब्यक्तिको अल्पायुमा मृत्यु हन सक्छ र कष्टपूर्ण जीवन पनि हुन सक्छ । एउटा हातमा मात्र जीवन रेखा टुटेमा भने यस्ता ब्यक्ति रोगी हुन्छन् ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments