Hindi Films

अमिताभले मोदीको प्रचार नगर्ने

Unknown | 04:15 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
शुक्रबार १८ पुष, २०७१ एजेन्सी मुम्बई–बलिउड अभिनेता अमिताभ बच्चनले मोदी सरकारको विज्ञापन नगर्ने बताएका छन्। अमिताभले ट्विट गर्दै नरेन्द्र मोदी सरकारको विज्ञापन नगर्ने जनाएका हुन्। 'प्रधानमन्त्री कार्यलय तथा स्वयं प्रधानमन्त्रीले मलाई सरकारको कुनै विज्ञापनसँग जोडिन भन्नुभएको छैन। विज्ञापन खेल्ने समाचार पूर्ण असत्य छ। कृपया गल्ती सुधारियोस्। धन्यवाद,' अमिताभले ट्विटमा भनेका छन्।
विगत केही दिनदेखि सञ्चारमाध्यममा अमिताभ बच्चनले केन्द्र सरकारको लागि विज्ञापनमा अभिनय गर्ने र मोदी सरकारलाई धर्मनिरपेक्ष सरकारको रुपमा पेश गर्ने समाचार सार्वजनिक भएका थिए। सञ्चारमाध्यममा प्रधानमन्त्री नरेन्द्र मोदीले यस विषयमा कुराकानी गरेको समाचार सार्वजनिक भएको थियो। त्यसो त यो भन्दा पहिला अमिताभ 'पोलियो उन्मुलन' र 'स्वच्छ भारत अभियान' जस्ता सरकारी अभियानमा ब्राण्ड एम्बेस्डर बनिसकेका छन्। केही दिन पहिला अभिताभ बच्चन प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए। त्यसपछि अमिताभले सरकारी विज्ञापनमा खेल्ने समाचार सार्वजनिक भएका थियो।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments