Hindi Films

मनकामनाबाट अपहरणमा परेका पर्यटकको लेकसाइड होटलबाट उद्धार

Unknown | 14:55 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ पौष २१ सोमबार पोखरा : मनकामना घुम्न जाँदा अपहरणमा परेका भारतीय पर्यटकको २४ घन्टामा उद्धार गर्न कास्की प्रहरी सफल भएको छ। अपहरणमा परेका भारत नौतुनाका अमृतपाल सिङ र गुरुदिप सिङलाई प्रहरीले पोखराको लेकसाइडस्थित हङकङ होटलबाट उद्धार गरेको हो। मनकामना घुम्न जॉदा आइतबार दिउँसो अपहरणमा परेका ६ जना भारतीय मध्ये ४ जनालाई ३५ हजार रुपैयाँ लिएर सोमबार बिहानै होटल हङकङबाट छाडिएको थियो भने दुईजनालाई बन्धक बनाएर होटेलमै राखिएको थियो। प्रहरीले विशेष सूचनाका आधारमा होटललाई घेराउ हालेर उनीहरूको उद्धार गरेको हो।
पक्राउ पर्नेे अपहरणकारीमा तीन भारतीय र तीन नेपाली छन्। भारतको नौतुनाका एउटै गाउॅका राजेन्द्र प्रसाल कशौेधन, राजेश कशौधन र महाजन गुप्ता छन्। त्यसैगरीपक्राउ पर्नेमाम्याग्दी घर भइ हाल लेकसाइड बस्ने कमल पुन मगर, कास्कीको सिक्लेस घर भएका बर्ष ३० का रोहित सुनार, स्याङजा चिन्नेवास घर भई बुद्धचोक बस्ने बर्ष २६ का सुरज सेन छन्। उनीहरुले भारतीय अपहरणकारीलाई अपहरण गर्न सघाएको प्रहरीको अनुसन्धानबाट देखिएको छ। अपहरणकारीले अपहरणमा परेकाका बाबुसँग ५० लाख रुपैयाँमाग गरेपछि छोरा छुटाउन उनका बाबु भैरहवा आएको प्रहरीले बिशेष सूचना पाएपछि सोमबार दिउँसो साढे १२ बजे कास्की प्रहरीले अपहरणमा परेकाहरूलाई पोखराको लेकसाइड स्थित हङकङ होटलबाट सकुसल उद्धार गर्न सफल भएको हो। अपहरणमा परेका मध्येका एकका भाईसंग २८ लाख भारतीय रुपैयँा लिनु पर्ने रहेको र त्यो उठाउन अपहरणकारीले नयँा वर्ष मनाउन पोखरा आएको अवसर पारी पोखरा घुमेर मनाकामना मन्दिरमा दर्शन गर्न जादा मनकामना मन्दिरबाटै नेपालीको सहयोग लिएर ६ जना भारतीयलाई अपहरण गरेको प्रहरीले बताएको छ । आइतबार दिउँसो अपहरणमा परेका ६ जना मध्ये ४ जना उनीहरु संगै घुम्न आएका भारतीयलाई ३५ हजार रुपैयँा लिएर सोमबार बिहानै होटल हङकङबाट छाडेको कास्की प्रहरीले बताएको छ। दुई जनालाई भने उनका बाबुसंग ५० लाख रुपैयाँ लिएपछि छोड्ने भन्दै होटल हङकङमा अपहरण गरी राखेको अवस्थामा प्रहरीले उद्धार गरेको हो। उनीहरुलाई बाबुले पैसा ल्याउनु अघि नै प्रहरीले उद्धार गरेको हो । प्रहरीले ठुलो संख्यामा होटल घेरा हालेर अपहरण कारीबाट अपहरणमा परेकालाई उद्धार गरेको थियो।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments