Hindi Films

जीन्दगी नै बर्बाद पार्ने यस्तो भुल भुलेर पनि कहिल्यै पनि नगर्नुहोस्

Unknown | 18:26 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी / मानिसलले आफूलाई लागेको कुरा कल्पना गर्नको लागि कसैले पनि छेक्न सक्दैन । आफू एक्लै भएको बेलामा होस् वा साथीभाइको माझमा पनि मानिसले आफूलाई लागेको कुरा कल्पना गर्न कहिल्यै पनि छोड्दैन् । आफु एकातिर भएपनि मानिसहरुको सोच भने कता–कता डुलिरहेको हुन्छ । कहिले सकरात्मक विषयमा सोचिरहने मानिस कहिले नकरात्मक विषयमा पनि सोच्न पुगेको हुन्छ । कहिले सृजनशील विषयमा सोच्ने मान्छेले कहिले यौनिक कल्पनामा हराउने पनि गर्दछन् । तर, यौनिक विषयमा सोच्ने युवापुस्तालाई सामान्य नै लिइने गरेको छ । मानिसहरु कतिपय अवस्थामा आफ्नो पार्टनरसँग यौन सम्बन्ध स्थापित गरिरहेको सोच्ने गर्दछ जसलाई पनि सामान्य रुपमा हेरिन्छ । यस्तो कल्पना गर्दा यसमा नकारात्मक पक्ष भने केहि देखिँदैन । तर, आफूसँग राम्रोसँग घुलमिल नभएका मानिससँग यस्तो यौनिक क्रियाकलाप गरिरहेको सोच्नुहुन्छ, भने यसको असर नकारात्मक हुने एक अध्ययनले जानकारी दिएको छ । आफूसँग राम्रोसँग घुलमिल नभएका र चीनजानसमेत नभएका व्यक्तिसँग अत्यधिक रुपमा यौनिक कल्पना गर्नाले स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ । ‘द हेल्थ’ नामक वेभसाइटमा प्रकाशित एक अनुसन्धानका अनुसार आफूसँग चिनजान समेत नभएका मानिसहरुसँग सेक्स गरेको कल्पना गर्नु नकरात्मक हुने बताइएको छ । यस्तो कल्पनाले मानिसको यौन व्यवहारमा नकारात्मक प्रभाव पार्ने र मनोरोगसमेत देखिन सक्ने उक्त अनुसन्धानले जनाएको छ । क्यानडाको ट्रेन्ट विश्वविद्यालयका डा. बेथ ए भिजरका अनुसार आफ्नो पार्टनर वा घुलमिल भएको व्यक्तिसँगको यौनिक कल्पना सामान्य भएपनि कतै देखेको मात्र र कम घुलमिल भएका व्यक्तिसँगको यौनिक कल्पना अत्यधिक मात्रामा हुनु निकै घातक मानिन्छ । कम चिनेको वा चिन्दै नचिनेको व्यक्तिको विषयमा यौनिक कल्पना गर्ने व्यक्तिमा यौन आक्रामकता बढि हुने र कतिपय अवस्थामा मनोरोगसमेत देखिने उक्त अध्ययनले देखाएको छ । अध्ययनमा १ सय ९५ जोडी महिला र पुरुष यस विषयमा संलग्न भएको देखाइएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments